स्विट्जरल्याण्ड अन्तिम १६ मा « रिपोर्टर्स नेपाल

काठमाडौँ । अल्जेरियालाई पराजित गर्दै स्विट्जरल्याण्ड फिफा विश्वकप फुटबल–२०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ ।
क्यानडाको भ्यानकुभरस्थित बिसी प्लेस स्टेडियममा आज भएको खेलमा स्विट्जरल्याण्डले अल्जेरियालाई २–० गोलअन्तरले पराजित गरेको हो । स्विट्जरल्याण्डका लागि ब्रिल एम्बोलो र डान एनडोएले एक/एक गोल गरे ।
ब्रिलले खेलको १०औँ मिनेटमा गोल गर्दै स्विट्जरल्याण्डलाई अग्रता दिलाए । खेलको पहिलो हाफसम्म १–० गोलको अग्रता बनाएको स्विट्जरल्याण्डले दोस्रो हाफ सुरु भएको एक मिनेटमै गोल थप्यो । खेलको ४६औँ मिनेटमा डानले गोल गर्दै स्विट्जरल्याण्डलाई २–० गोलको अग्रता दिलाए । त्यसपछि खेलमा थप गोल हुन सकेन ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ असार १९, शुक्रबार १७:१२नेत्रावती डवजोङ गाउँपालिकामा सार्वजनिक सुनुवाइ सम्पन्न
कला, विचार/मनोरञ्जन२०८३ असार १९, शुक्रबार १६:४१शिक्षा, प्रेम र सामाजिक बन्धनको मार्मिक कथा बोकेको ‘गौँथली’ को ट्रेलर सार्वजनिक
स्वास्थ्य/जानकारी टिप्स२०८३ असार १९, शुक्रबार १२:३८स्वास्थ्य बिमा बोर्डले दियो २३ अर्ब ४४ करोडभन्दा बढी दाबी भुक्तानी
खेलकुद२०८३ असार १९, शुक्रबार ११:५५स्विट्जरल्याण्ड अन्तिम १६ मा « रिपोर्टर्स नेपाल









