एनपीएल तेस्रो सिजनको खेलाडी अक्सन आज « रिपोर्टर्स नेपाल

काठमाडौं, २२ असार । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनको खेलाडी अक्सन आज हुदैछ । खेलाडी अक्सन आज अपराह्न ३:४५ बजेदेखि हुने छ भने यसको प्रत्यक्ष प्रशारण एनपीएलको युट्युब च्यानलमा हुने क्यानले जानकारी दिएको छ ।
आज हुने अक्सनमा तीन क्याटोगरीमा १५५ खेलाडी रहेको नेपाल क्रिकेट सङ्घ (क्यान) ले जानकारी दिएको हो । जस अनुसार क्याटोगरी ए मा अर्जुन घर्ति, बिबेक यादव, आसिफ सेख, रुपेश सिंह र तृतराज दास रहेका छन् । त्यस्तै क्याटोगरी बी मा २७ जना रहेका छन् भने १२३ जना क्याटोगरी सी मा रहेका छन् ।
त्यस्तै क्यानले यस अक्सनमा हरेक टिमले २-२ जना नेपाली खेलाडी थप भइ मार्की, ट्यालेन्ट हन्टसमेत गरि १४ जना खेलाडी समावेश रहने जानकारी दिएको छ । फ्रेंचाईजीहरुले अक्सनबाट यी मध्ये ५२ खेलाडी खरिद गर्ने छन् ।
अक्सनका लागि लुम्बिनी लायन्ससँग ४९ लाख २५ हजार, सुदूरपश्चिम रोयल्ससँग ४२ लाख ५० हजार, विराटनगर किंग्ससँग ५१ लाख ५० हजार, काठमाडौँ गोर्खाजसँग ३४ लाख, पोखरा एभेन्जर्ससँग ४५ लाख ५० हजार, कर्णाली याक्ससँग ४२ लाख, चितवन राइनोजसँग ४२ लाख र जनकपुर बोल्ट्ससँग ६६ लाख २५ हजार रकम रहेको छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ श्रावण ९, शनिबार १९:०४प्रदेश सरकार सहकार्यका लागि एमाले र नेपाली कम्युनिस्ट पार्टीबिच ३ बुँदे सहमति
स्वास्थ्य/जानकारी टिप्स२०८३ श्रावण ९, शनिबार १२:५५डा. गोविन्द केसीलाई लगियो प्रादेशिक अस्पताल
कला, विचार/मनोरञ्जन२०८३ श्रावण ८, शुक्रबार १९:२९‘बेहुली’को प्रमोसनल गीत ‘दिलमा ठाउँ छ’ सार्वजनिक
कला, विचार/मनोरञ्जन२०८३ श्रावण ८, शुक्रबार १९:०९‘बा : एक योद्धा’को टिजर सार्वजनिक, बुवाको त्याग र परिवारको पीडाको कथा









