त्रिपुरासुन्दरी गाउँपालिकामा जैविक विविधता संरक्षण तथा जलवायु अनुकुलन सम्बन्धी कार्यक्रम सम्पन्न

धादिङबेशी,२२ असार । धादिङको त्रिपुरासुन्दरी गाउँपालिकामा जैविक विविधता संरक्षण तथा जलवायु अनुकुलन सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ । त्रिपुरासुन्दरी गाउँपालिकाको आयोजना तथा बिन्दुकेशरा मिडिया प्रा.लि.को संयोजनमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
पालिकाको सभाहलमा सम्पन्न कार्यक्रममा त्रिपुरासुन्दरी गाउँपालिका भित्र रहेका वन समितिका पदाधिकारी तथा जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो । स्थानिय वन उपभोक्ता समुह र जनप्रतिनिधिहरुमा जैविक विविधता संरक्षण,जंगल तथा वातावरण ब्यवस्थापन तथा जलवायु परिवर्तन अनुकुलन सम्बन्धी ब्यवहारिक ज्ञान र क्षमता बिकास गर्ने उदेश्यले कार्यक्रमको आयोजना गरिएको थियो ।
त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष राजु उप्रेतीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पालिकाका उपाध्यक्ष देवराज धरेल,प्रमुख प्रशाशकीय अधिकृत विरसिंह भण्डारी,वडा अध्यक्षहरु हरि बहादुर बिक,कपिलदेव सिंम्खडा लगाएतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा वन ब्यवस्थापनको बिषयमा सव डिभिजन वन सल्यानटारका रेन्जर अनिता अधिकारी, जैविक विविधता,जलवायु अनुकुलन सम्बन्धी रमेश अधिकारी र मोटिभेसन तथा सक्सेस स्टोरीको सम्बन्धी सेसन राम कुमार थापाले सहजीकरण गर्नु भएको थियो ।
कार्यक्रममा वन उपभोक्ता समितिका ७५ जना पदाधिकारीहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा वन उपभोक्ता समितिको दिगो ब्यवस्थापनको लागी आगामी कार्ययोजना समेत निर्माण गरिएको थियो ।
तालिम पश्चात सहभागीहरुले कार्यक्रम एकदमै प्रभावकारी भएको प्रतिक्रिया दिएका थिए ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ श्रावण १०, आईतवार १९:०६‘बेहुली’को पहिलो गीत ‘दिलमा ठाउँ छ’को धमाकेदार सुरुवात, ४८ घण्टामै टिकटकमा ५० हजारभन्दा बढी भिडियो
कला, विचार/मनोरञ्जन२०८३ श्रावण १०, आईतवार १८:५५डिजिटल प्रतिभालाई सम्मान गर्न ‘खल्ती इन्फ्लुएन्सर अवार्ड्स’, ५०० बढीको सहभागिता
कला, विचार/मनोरञ्जन२०८३ श्रावण १०, आईतवार १६:०६आमा छोरीको सम्बन्ध र रहस्यको कथा बोकेको ‘मास्टर्नी’को टिजर सार्वजनिक
स्वास्थ्य/जानकारी टिप्स२०८३ श्रावण १०, आईतवार १६:०२भारतीय बिरामीको उपचार गन्तव्य बन्दै भरतपुर आँखा अस्पताल ठोरी









