‘लोक दोहोरी स्टार सिजन–२’ को देशव्यापी अडिसन

‘लोक दोहोरी स्टार सिजन–२’ को देशव्यापी अडिसन

अडिसन कार्यक्रमको सुरुवात असार २७ गते इटहरीबाट हुनेछ।


काठमाडौं। नेपाली लोक सङ्गीत क्षेत्रमा नयाँ पुस्ताका प्रतिभावान गायक–गायिकालाई राष्ट्रिय मञ्च प्रदान गर्ने उद्देश्यका साथ आयोजना हुन लागेको रियालिटी शो ‘लोक दोहोरी स्टार सिजन–२’ को देशव्यापी अडिसन कार्यक्रम सुरु हुने भएको छ। एभेन्टोज स्टुडियोको आयोजनामा हुन लागेको यो शोका लागि देशका विभिन्न जिल्लामा रहेका मौलिक लोक प्रतिभालाई राष्ट्रिय स्तरको अवसर उपलब्ध गराउने उद्देश्यले यसपटक सातै प्रदेशलाई समेट्ने गरी अडिसन अभियान सञ्चालन गर्न लागिएको हो। शोको निर्णायकमा गायिका कोमल वली र गायकद्वय राजु परियार तथा चन्द्र शर्मा छन् ।

आयोजकका अनुसार पहिलो संस्करणको सफलतासँगै दोस्रो संस्करणलाई अझ व्यवस्थित, भव्य र प्रतिस्पर्धात्मक बनाउने तयारी गरिएको छ । जस अनुसार अडिसन कार्यक्रमको सुरुवात असार २७ गते इटहरीबाट हुनेछ। त्यसपछि असार २९ गते चितवन, असार ३१ गते बुटवल, श्रावण १ गते नेपालगञ्ज, श्रावण ४ गते पोखरा तथा श्रावण ८ र ९ गते काठमाडौंमा अडिसन सञ्चालन गरिनेछ।

प्रतियोगितामा सहभागी हुन कम्तीमा १६ वर्ष उमेर पुगेका नेपाली नागरिकले आवेदन दिन सक्नेछन्। महिला तथा पुरुष दुवैका लागि प्रतियोगिता खुला रहनेछ। आयोजकले नेपाली लोक सङ्गीतप्रति रुचि र समर्पण भएका, परम्परागत लोक भाका तथा शैलीको राम्रो ज्ञान भएका, स्पष्ट उच्चारणसहित भावपूर्ण प्रस्तुति दिन सक्ने तथा प्रश्न–उत्तर शैलीमा तत्काल दोहोरी सिर्जना गरेर प्रस्तुत गर्न सक्ने प्रतिभालाई प्राथमिकता दिइने जनाएको छ। यो कार्यक्रम एपीवान एचडी टेलिभिजनबाट प्रसारण हुनेछ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
यो पनि पढ्नुहोस् :  रुपेश शर्माको ‘मायाको चिनो’ सार्वजनिक
लेखकसँग सम्बन्धित खबरहरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 5   +   9   =