भदौ २६ मा आउने ‘अक्षरा’ को धमाधम डबिङ गर्दै न्यान्सी

भदौ २६ मा आउने ‘अक्षरा’ को धमाधम डबिङ गर्दै न्यान्सी

न्यान्सीको जोडी अभिनेता सुशील सिटौलासँग बाँधिएको छ।


काठमाडौँ। आगामी भदौ २६ गतेबाट देशव्यापी प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘अक्षरा’ को डबिङ कार्य यतिबेला धमाधम भइरहेको छ। प्रदर्शनको मिति नजिकिँदै गर्दा निर्माण पक्षले डबिङको कामलाई तीव्रता दिएको हो। यसै क्रममा शुक्रबार अभिनेत्री न्यान्सी खड्काले आफ्नो भागको डबिङ सम्पन्न गरेकी छन्। डबिङका क्रममा पर्दामा आफ्नो अभिनय र पात्रले पूर्ण न्याय पाएको देख्दा उनी निकै उत्साहित र हर्षित देखिएकी थिइन्। पर्दामा आफ्नो काम देखेर उनी आफैँसमेत चकित परेको बताउँदै उनले आफ्नो भूमिकालाई न्याय दिन सकेकोमा खुसी व्यक्त गरेकी छन्।

‘१२ गाउँ’ मार्फत अभिनय यात्रा सुरु गरेकी न्यान्सीको मुख्य अभिनेत्रीका रूपमा यो नै पहिलो फिल्म हो। यसअघि उनले अभिनेता अनमोल केसीसँग फिल्म ‘बाटुलो जून’ मा पनि अभिनय गरिसकेकी छन्, जुन फिल्म अहिले प्रदर्शनको तयारीमा छ।

चलचित्र क्षेत्रमा आउनुअघि न्यान्सीले सन् २०१६–२०२० सम्म अमेरिकाको क्यालिफोर्नियामा कम्युनिकेसन स्टडिजमा स्नातक र साइकोलोजीमा माइनर गरेकी थिइन्। अमेरिकामा रहँदा मोडलिङमा समेत सक्रिय उनी प्रतिष्ठित अन्तर्राष्ट्रिय मुभिर पेरिस म्यागजिनमा समेत फिचर भएकी थिइन्। साथै, उनी मिस नेपाल इन्टरनेसनल २०२२ की विजेता हुन्, जसले जापानमा आयोजित अन्तर्राष्ट्रिय मञ्चमा नेपालको गौरवमय प्रतिनिधित्व गरेकी थिइन्।

यस फिल्ममा न्यान्सीको जोडी अभिनेता सुशील सिटौलासँग बाँधिएको छ। यी दुईका साथै फिल्ममा सुशील पोखरेल, पुष्कर राउत, रिस्ता अधिकारी, अंशु महर्जन, गीता अधिकारी, वीरेन्द्र कुशवाह, सृजना अधिकारी, मोहन अधिकारी र सृष्टि खड्काको मुख्य भूमिका रहेको छ भने बालकलाकारका रूपमा रोनक खड्का र प्रीसा ढुङ्गाना प्रस्तुत भएका छन्।

क्षित बाबु प्रोडक्सन हाउसको ब्यानरमा निर्माण भएको यस फिल्ममा सोनी थापा ढुङ्गानाको प्रस्तुति रहेको छ। विनयराज पौडेलको लेखन तथा निर्देशन रहेको यस फिल्मलाई उग्रसेन ढुङ्गाना र सुग्रसेन ढुङ्गानाले निर्माण गरेका हुन् भने कार्यकारी निर्मातामा सुरज थापाकाजी र सुमन ज्योति न्यौपाने रहेका छन्। फिल्मको मूल कथा निर्माता उग्रसेन आफैँले लेखेका हुन् भने पटकथा तथा संवाद अभिमन्यु निरवी र निर्देशक पौडेलको संयुक्त लेखन रहेको छ। दिपेन बस्न्यातको छायाङ्कन, रामजी लामिछानेको कोरियोग्राफी र शंकर महर्जनको द्वन्द्व निर्देशन रहेको ‘अक्षरा’ लाई नेसनल सिने ग्रुप नेपालका तर्फबाट दीपक दंगालले वितरण गर्दैछन्।

यो पनि पढ्नुहोस् :  ‘माया भनेकै यस्तो होला’को पोस्टर सार्वजनिक, दिलको हल्दी डे झल्कियो

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 0   +   7   =