अब यी चलचित्रले प्रदर्शन अनुमति नपाउने

काठमाडौं । सरकारले चलचित्र प्रदर्शनमा कडाइ गर्ने भएको छ । सूचना तथा सञ्चार मन्त्रालयले मुलुकको सुरक्षा, शान्ति तथा व्यवस्था र मित्रराष्ट्रसँगको सुसम्बन्धमा असर पर्ने विषयवस्तु समावेश भएका चलचित्रलाई प्रदर्शन अनुमति नदिन चलचित्र विकास बोर्डलाई निर्देशन दिएको हो ।
मन्त्रालयले असार २६ गते चलचित्र विकास बोर्डलाई पत्राचार गर्दै चलचित्र (निर्माण, प्रदर्शन तथा वितरण) ऐन, २०२६ को दफा ८(३) अनुसार यस्ता विषयवस्तु भएका चलचित्रलाई चलचित्र जाँच समितिबाट प्रदर्शन अनुमति दिन नमिल्ने व्यवस्था रहेको जनाएको छ ।
निर्देशनमा नेपालभित्र सार्वजनिक प्रदर्शन हुने सबै चलचित्रले अनिवार्य रूपमा चलचित्र जाँच समितिबाट प्रचलित ऐन तथा नियमावलीबमोजिम जाँचपास गराउनुपर्ने छ ।
मन्त्रालयले चलचित्र निर्माता, वितरक तथा सरोकार भएका अन्यले ऐनको उक्त प्रावधानको पूर्ण पालना गर्नुपर्ने भन्दै जाँचका क्रममा ऐनविपरीतका विषयवस्तु समावेश भएका चलचित्र प्राप्त भएमा प्रदर्शन अनुमति दिन नसकिने जनाएको छ। साथै, उक्त व्यवस्था सबै निर्माता, वितरक तथा सम्बन्धित पक्षलाई जानकारी गराई आवश्यक समन्वय गर्न चलचित्र विकास बोर्डलाई अनुरोध गरिएको छ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ आश्विन ७, बुधबार ०७:०९अन्तर्राष्ट्रिय धादिङ समाजको चौथो महाधिवेशन : निर्वाचन प्रमुख आयुक्तमा अधिवक्ता विश्वराज अधिकारी
समाचार२०८३ आश्विन ७, बुधबार ०६:०२आजका लागि विदेशी मुद्राको विनिमयदर
कला, विचार/मनोरञ्जन२०८३ आश्विन ६, मंगलवार २२:३८‘ल्याङ्ग ल्याङ्ग’को शुभ मुहूर्त » Celebrity Nepal
स्वास्थ्य/जानकारी टिप्स२०८३ आश्विन ६, मंगलवार २१:५८स्वास्थ्यमन्त्रीले गरे भरतपुर आँखा अस्पतालको अनुगमन









