छाउपडीको पीडा बोकेको ‘हली’को ट्रेलर सार्वजनिक ( भिडीयो सहित )

काठमाडौं । सामाजिक यथार्थमा आधारित नेपाली फिल्म‘हली’को ट्रेलर सार्वजनिक गरिएको छ। आगामी २२ साउनदेखि प्रदर्शनमा आउने तयारीमा रहेको फिल्मको ट्रेलर राजधानीमा आयोजित पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको हो।
ट्रेलरले महिनावारीसम्बन्धी अन्धविश्वास र छाउपडी प्रथाको पीडालाई मुख्य कथावस्तु बनाएको छ। विशेषगरी महिनावारी भएका किशोरीलाई विद्यालय जान नदिने गलत मान्यता तथा छाउपडीका नाममा महिलामाथि हुने विभेदलाई फिल्मले उठाएको छ। ट्रेलरमा छाउपडीको समयमा बुवा तथा घरका पुरुष सदस्यको अनुहारसमेत हेर्न नहुने भन्ने कुसंस्कारलाई पनि प्रस्तुत गरिएको छ।
पत्रकार सम्मेलनमा निर्माता पूजा गुरुङले फिल्म वास्तविक घटनाबाट प्रेरित भएर निर्माण गरिएको बताइन्। उनका अनुसार ‘हली’ले समाज परिवर्तनका लागि चेतनाको सन्देश दिन खोजेको छ।
उनले भनिन्, ‘देश परिवर्तन गर्न भाषण मात्र पर्याप्त हुँदैन। एउटा हलीले पनि परिवर्तनको सुरुआत गर्न सक्छ भन्ने सन्देश फिल्ममार्फत दिन खोजेका छौं।’
निर्देशक ओम प्रतिकले पश्चिम नेपालमा प्रचलित छाउपडी प्रथासँग सम्बन्धित यथार्थलाई आधार बनाएर फिल्म निर्माण गरिएको बताए। समाज परिवर्तनका लागि चेतनाको विस्तार सबैभन्दा महत्वपूर्ण हुने उनको भनाइ थियो।
उनले भने, ‘महिनावारी हुँदा पहिलो पटक छाउगोठमा राख्ने प्रचलनबाट प्रेरित भएर कथा तयार गरेका हौं। चेतनाको विस्तार गर्न सकियो भने समाज परिवर्तन सम्भव छ।’
पूजा गुरुङ र जस्मिन श्रेष्ठको निर्माण रहेको फिल्ममा प्रमोद दीप, सुजाता थापा, विद्या कार्की, सरोज खनाल, अरुणा कार्की, अर्जुन गुरुङ, नवीन श्रेष्ठ, कञ्चन दुलाल, कमल गाउँले र विशाल पहाडीको अभिनय रहेको छ।
फिल्म ‘हली’ आगामी २२ साउनदेखि देशभर प्रदर्शनमा तयारीमा रहेको छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
स्वास्थ्य/जानकारी टिप्स२०८३ भाद्र १८, बिहीबार २०:२९राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीले लिए शपथ
समाचार२०८३ भाद्र १८, बिहीबार १९:४०साल्ट ट्रेडिङ कर्पोरेशनले धादिङबेशीमा नुन साविककै मूल्यमा र चिनी रु ११५ मा बिक्री वितरण गर्ने
समाचार२०८३ भाद्र १८, बिहीबार १८:३०विपद्को मैदानमा देखेको र भोगेको यथार्थ
समाचार२०८३ भाद्र १८, बिहीबार ११:५९तीजको दरको पैसा कटाएर बाढीपीडितलाई सहयोग, महाकालेश्वर महिला समूहले दियो ३५ हजार ५ सय









