‘बा : एक योद्धा’को टिजर सार्वजनिक, बुवाको त्याग र परिवारको पीडाको कथा

‘बा : एक योद्धा’को टिजर सार्वजनिक, बुवाको त्याग र परिवारको पीडाको कथा


काठमाडौं । आगामी भदौ १९ गते प्रदर्शनमा आउने फिल्म ‘बा : एक योद्धा’को टिजर सार्वजनिक गरिएको छ। निर्माण टिमले सार्वजनिक गरेको टिजरले बुवाको त्याग, परिवारमाथि आइपर्ने अप्रत्याशित विपत्ति र त्यससँगको संघर्षलाई भावनात्मक ढंगले प्रस्तुत गरेको छ।

‘एउटा सानो संसार थियो हाम्रो, सब तहसनहस भयो’ संवादबाट सुरु हुने टिजरमा मुख्य पात्र दिव्यदेव पन्त रगतले लत्पतिएको अवस्थामा देखिन्छन्। त्यसपछि उनका परिवारका सुखद क्षण र अचानक आइपरेको दुर्घटनाका दृश्यहरू प्रस्तुत गरिएको छ। टिजरले परिवार विखण्डनको कारण भने खुलाएको छैन।

हरि लम्सालको लेखन तथा निर्देशन रहेको फिल्ममा दिव्यदेव पन्त, झरना थापा, सुहाना थापा, माओत्से गुरुङ, अनिल बुढाथोकी, सागर खनाल, शिशिर शिवाकोटी, सुप्रज्ञा शर्मा र शवि थापाको अभिनय छ।

आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा बनेको फिल्मका निर्माता वसन्त लम्साल हुन्। कुशे औँसी (बुबाको मुख हेर्ने दिन)को पूर्वसन्ध्यामा प्रदर्शनमा आउन लागेको फिल्मलाई कुबेर सिने डिस्ट्रिब्युसनले देशव्यापी वितरण गर्नेछ।

 

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
यो पनि पढ्नुहोस् :  छाउपडीको पीडा बोकेको ‘हली’को ट्रेलर सार्वजनिक ( भिडीयो सहित )

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 0   +   6   =