४ करोड लगानीमा बन्दै ‘भिडियोटेप’, उपासना र कुन्दन मुख्य भूमिकामा

काठमाडौं । एप्पल इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको नयाँ फिल्म ‘भिडियोटेप’को घोषणा गरिएको छ । ललितपुरस्थित लाबिम मलमा आयोजित पत्रकार सम्मेलनमार्फत ओविद उद्दिनको निर्देशनमा बन्न लागेको फिल्म घोषणा गरिएको हो ।
हरर जनरामा निर्माण हुने फिल्मको छायांकन भदौ ५ गतेदेखि उपल्लो मुस्ताङमा सुरु हुनेछ । ३० दिनसम्म फिल्मको छायांकन गरिने निर्माण पक्षले जनाएको छ ।
फिल्ममा उपासना सिंह ठकुरी र कुन्दन मान शाक्य मुख्य भूमिकामा रहनेछन् । यस्तै, अस्तित्व भट्टचन, कृशल श्रेष्ठ, रिसु राउत, जीवन अधिकारी, शेखर चापागाईं, सिद्धार्थ सिंहलगायत कलाकारको पनि मुख्य भूमिका रहनेछ ।
फिल्ममा वशिष्ट प्रधानको डीओपी रहनेछन् भने ईश्वर घिमिरेले प्रोडक्सन म्यानेजरको जिम्मेवारी सम्हाल्नेछन् । महेश बराल मुख्य सहायक निर्देशकका रूपमा रहनेछन् ।
कार्यक्रममा बोल्दै निर्देशक ओविदले आफू सानैदेखि हरर जनराका फिल्म हेरेर हुर्किएको बताए । त्यसैले आफ्नो डेब्यू फिल्ममा पनि यही जनरालाई रोजेको उनको भनाइ छ ।
“म सानैदेखि हरर जनराका फिल्म हेरेर हुर्किएको हुँ । यसैले आफ्नो डेब्यू फिल्ममा पनि यही जनरालाई अगाडि बढाएको छु । यो कथा काल्पनिक विषयमा आधारित छ । कुनै पनि वास्तविक घटनासँग मिल्दैन,” उनले भने ।
नायिका उपासना सिंह ठकुरीले फिल्मको विषयमा एक वर्षअघिदेखि नै कुराकानी भइरहेको बताइन् । कथावस्तु निकै राम्रो लागेकाले फिल्ममा काम गर्न आफू उत्साहित रहेको उनको भनाइ छ ।
“एक वर्षअघिदेखि नै यो फिल्मको विषयमा कुराकानी भइरहेको थियो । कथावस्तु निकै नै राम्रो छ । अब हामी फिल्मको छायांकनमा जाँदैछौं । एकदमै उत्साहित छु,” उनले भनिन् ।
नव–नायक कुन्दन मान शाक्यले पनि फिल्मलाई लिएर आफू निकै उत्साहित रहेको बताए ।
फिल्मलाई करिब ४ करोड रुपैयाँको बजेटमा निर्माण गरिने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
कार्यक्रममा बोल्दै एप्पल इन्टरटेन्मेन्टका प्रमुख नकिम उद्दिनले नयाँ टिमलाई साथ दिन सबैसँग आग्रह गरे ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
स्वास्थ्य/जानकारी टिप्स२०८३ भाद्र १८, बिहीबार २०:२९राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीले लिए शपथ
समाचार२०८३ भाद्र १८, बिहीबार १९:४०साल्ट ट्रेडिङ कर्पोरेशनले धादिङबेशीमा नुन साविककै मूल्यमा र चिनी रु ११५ मा बिक्री वितरण गर्ने
समाचार२०८३ भाद्र १८, बिहीबार १८:३०विपद्को मैदानमा देखेको र भोगेको यथार्थ
समाचार२०८३ भाद्र १८, बिहीबार ११:५९तीजको दरको पैसा कटाएर बाढीपीडितलाई सहयोग, महाकालेश्वर महिला समूहले दियो ३५ हजार ५ सय









