प्रेम, बाध्यता र धोकाको कथा भन्दै आयो ‘माया भनेकै यस्तो होला’को टिजर

प्रेम, बाध्यता र धोकाको कथा भन्दै आयो ‘माया भनेकै यस्तो होला’को टिजर

काठमाडौं । लामो समयपछि निर्देशनमा फर्किएकी रेखा थापाको फिल्म ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक भएको छ । टिजरले फिल्ममा प्रेम, विवाह, विश्वास, बाध्यता र धोकाबीचको सम्बन्धलाई मुख्य विषय बनाइएको संकेत गरेको छ ।

टिजरमा दिल श्रेष्ठ, नीति शाह र सृष्टि श्रेष्ठबीचको प्रेम सम्बन्धलाई प्रस्तुत गरिएको छ । सुरुवातमा दिल र नीतिको प्रेमलाई रोमान्टिक शैलीमा देखाइए पनि कथा अगाडि बढ्दै जाँदा दिल विवाहको मण्डपमा पुग्छन्, जहाँ उनले माया गरेको प्रेमिका देखिँदैनन् ।

‘जुन केटीसँग म विवाह गर्न आएँ, उनी त्यो थिइनन्, जसलाई मैले माया गरेको थिएँ’ भन्ने संवादले फिल्मको मुख्य द्वन्द्व र ट्विस्टतर्फ संकेत गर्छ ।

टिजरमा सृष्टि श्रेष्ठको भूमिका गम्भीर र रहस्यमय देखाइएको छ भने नीति शाहलाई चञ्चल तथा प्रेमिल अवतारमा प्रस्तुत गरिएको छ । नम्रता श्रेष्ठको उपस्थितिले पनि कथामा नयाँ आयाम थप्ने देखिन्छ । मदनकृष्ण श्रेष्ठसहितका कलाकारका भावनात्मक दृश्यले पारिवारिक द्वन्द्व र बाध्यताको संकेत गर्छ ।

रेखा थापाले यसअघिका फिल्ममा एक्सन र नारी शक्तिलाई प्राथमिकता दिँदै आए पनि यसपटक इमोसनल ड्रामालाई केन्द्रमा राखेकी छन् । ‘खुसी मेरो आँखामा देखियोस्, पीडा तिम्रो मनमा भए आँसु मेरै आँखाले बगाओस्’ लगायत संवादले फिल्मको भावनात्मक पक्षलाई उजागर गर्छ ।

फिल्ममा मदनकृष्ण श्रेष्ठ, दिल श्रेष्ठ, सृष्टि श्रेष्ठ, नम्रता श्रेष्ठ र नीति शाह मुख्य भूमिकामा छन् । लक्ष्मी गिरी, राजाराम पौडेल, विशाल पहाडी, संगम भण्डारी, सुजाता श्रेष्ठ र बिनोद पौडेललगायत कलाकारको पनि अभिनय छ ।

‘दिया एन्ड अमु फिल्मस्’को ब्यानरमा निर्माण भएको फिल्मका निर्माता हरि नारायण श्रेष्ठ, माया देवी श्रेष्ठ, नवराज श्रेष्ठ, जस्मिन श्रेष्ठ र प्रकाश श्रेष्ठ हुन् । ध्रुव लम्सालको पटकथा रहेको फिल्मको छायांकन सुदीप बरालले गरेका छन् ।

प्रशान्त सिवाकोटीको संगीत, अनिरुद्ध आत्रेयको प्रमुख सहायक निर्देशन, राजन घिमिरेको फिल्म संयोजन, सुजेनी मल्लको ड्रेस डिजाइन, प्रिया कार्कीको मेकअप र चुडामणि (सीएम)को प्रोडक्सन रहेको छ ।

यो पनि पढ्नुहोस् :  ‘ककाकिकी’को शीर्ष गीतमा अर्जुन सापकोटाको स्वर » Celebrity Nepal

‘माया भनेकै यस्तो होला’ भदौ २६ गतेदेखि प्रदर्शनमा आउनेछ । फिल्मको वितरण रीच इन्टरटेनमेन्ट, एप्पल इन्टरटेनमेन्ट र एफडी कम्पनीले गर्नेछन् ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 4   +   4   =