वसन्त थापा मगरको स्वर रहेको गीत ‘जुम्लेली हुम्लेली’

वसन्त थापा मगरको स्वर रहेको गीत ‘जुम्लेली हुम्लेली’


काठमाडौँ । गायक तथा संगीतकार वसन्त थापा मगरको स्वर रहेको गीत ‘जुम्लेली हुम्लेली’ सार्वजनिक गरिएको छ । थापाकै शब्द तथा संगीत समेत रहेको गीतले गाउँको सरल जीवनशैली र काठमाडौँ सहर प्रतिको आकर्षणलाई तुलना गरेको छ ।

‘खानलाई मिठो लाउनलाई राम्रो, हामीलाई जस्तै होला रहर, आए है घुम्नलाई काठमाडौँ सहर’ जस्ता हरफहरूले गाउँले मानिसहरूको सहर हेर्ने रहर र त्यहाँको आधुनिकता प्रतिको कौतुहलतालाई व्यक्त गर्दछ । पुर्खाले बनाएको ढुङ्गे धारा र गौरवमय इतिहासलाई पनि गीतले सम्झिएको भने गाउँको समस्या र शहरको सुबिधा समेत बर्णन गरेको छ ।

गीतको भिडियोमा चर्चित मोडल आशिष श्रेष्ठ, रश्मिला तामाङ, शिवशंकर रिजाल ‘जोगिन्दर पानवाला’, पोस्ना श्रेष्ठ केही कोरस समेत प्रयोग गरिएको छ । पर्यटक र गाउले युवती बिचको प्रेम समेटिएको भिडियो समन अधिकारीको निर्देशन गरेका हुन् ।

भिडियोले आधुनिक प्रविधिको गाउँसम्मको पहुँच र त्यसले जोडेको सम्बन्धलाई देखाउन खोजिएको छ । भिडियोमा कलाकार र केही कोरस डान्सर पनि प्रयोग गरिएको छ । भिडियोका छायांकन ऋतिक सिंह ठकुरीले गरेका हुन् भने सम्पादन सौखिन तिमिल्सिनाको रहेको छ । ग्रामीण पर्यटन र लोकसंस्कृतिलाई प्रवद्र्धन गर्ने उद्देश्यले निर्माण गरिएको भिडियोले दर्शकको मन जित्ने अपेक्षा गायक थापाको छ ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
यो पनि पढ्नुहोस् :  डा. रणजित कुमार झाको नयाँ प्रेमिल गीत » Celebrity Nepal

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 10   +   10   =