धादिङ समाज मकाउको संयोजकमा पुनः नवराज लम्साल

मकाउ । लामो समयदेखि मकाउमा बस्दै आएका समाजसेवी तथा धादिङ समाज मकाउका संस्थापक संयोजक नवराज लम्साल पुनः धादिङ समाज मकाउको संयोजकमा चयन भएका छन्। समाजमा सक्रिय भूमिका निर्वाह गर्दै आएका लम्सालले यसअघि पनि धादिङ समाज मकाउको संयोजकका रूपमा जिम्मेवारी सम्हालिसकेका थिए।
सामाजिक एकता, आपसी सहयोग तथा धादिङवासीबीचको सम्बन्ध सुदृढ बनाउन उनले निरन्तर योगदान पुर्याउँदै आएका छन्। अन्तर्राष्ट्रिय धादिङ समाजको महाधिवेशन नजिकिँदै गर्दा विभिन्न देशमा रहेका राष्ट्रिय समन्वय परिषद् तथा धादिङसँग सम्बन्धित संस्थाहरूको सक्रियता बढेको छ। सोही क्रममा धादिङ समाज मकाउले पनि आफ्नो संस्थागत गतिविधिलाई थप प्रभावकारी बनाउँदै अघि बढाउने तयारी गरेको जनाएको छ।
अन्तर्राष्ट्रिय धादिङ समाजका अध्यक्ष राजन खकुराल र महासचिव बाबुकाजी भण्डारीद्वारा हस्ताक्षरित संयुक्त विज्ञप्तिमा पुनः संयोजकको जिम्मेवारी पाएसँगै लम्सालले मकाउमा रहेका धादिङवासीलाई एकताबद्ध गर्दै समाजका गतिविधिलाई थप व्यवस्थित र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ। साथै, संस्थाले उनलाई सफल कार्यकालको हार्दिक शुभकामना समेत दिएको छ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ आश्विन १९, सोमबार २१:४२चलचित्र ‘हिमालयन गोल्ड’ नेपाल र भारतभर प्रदर्शन हुने
समाचार२०८३ आश्विन १९, सोमबार १९:१२नुवाकोटका बाढीपीडितलाई कोरियन मेडिकल एशोसिएसनको राहत
समाचार२०८३ आश्विन १९, सोमबार १८:५२भूमिहीन समस्या समाधान सरकारको उच्च प्राथमिकतामा: प्रधानमन्त्री शाह
स्वास्थ्य/जानकारी टिप्स२०८३ आश्विन १९, सोमबार १५:५५बाढी प्रभावित रसुवामा छ दिने निःशुल्क स्वास्थ्य तथा दन्त शिविर सञ्चालन








