बाढीले धादिङको गल्छीमा झोलुङ्गे पुल बगायो, खोला किनारका क्षेत्र उच्च जोखिममा

धादिङ, १० भदौः
रसुवातर्फबट आएको बाढी धादिङको गल्छी क्षेत्रमा समेत प्रवेश गरेको छ। बाढीका कारण गल्छीमा एउटा झोलुङ्गे पुल बगाएको छ भने खोला किनारका जोखिमयुक्त बस्तीलाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको छ । धादिङका प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय गौतमका अनुसार बाढीको सतह बढ्दै गएपछि प्रशासनले उच्च सतर्कता अपनाएको छ।
मलेखु र गल्छी क्षेत्रका खोला तथा नदी किनारका बस्ती बाढीको उच्च जोखिममा रहेकाले स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा जान र सतर्क रहन प्रशासनले आग्रह गरेको छ । जोखिममा रहेका बस्तीका नागरिकलाई सुरक्षित स्थानमा सार्ने कामसमेत भइरहेको छ।
बाढीको जोखिमलाई ध्यानमा राख्दै पृथ्वी राजमार्गमा सञ्चालन हुने सवारीसाधनलाई विभिन्न सुरक्षित स्थानमा होल्ड गरेर राखिएको छ। राजमार्गमा यात्रा गर्ने सवारीसाधन तथा यात्रुको सुरक्षालाई प्राथमिकतामा राखेर आवश्यक सतर्कता अपनाइएको प्रशासनले जनाएको छ ।
बाढीको सम्भावित क्षति न्यूनीकरणका लागि जिल्लाका सुरक्षा निकाय तथा विपद् व्यवस्थापन टोलीलाई खोला किनारका जोखिमयुक्त क्षेत्रमा परिचालन गरिएको छ। उनीहरूले बाढीको अवस्था निरन्तर निगरानी गर्नुका साथै आवश्यक उद्धार तथा राहतका लागि तयारी अवस्थामा रहेको प्रशासनले जनाएको छ । प्रशासनले स्थानीय तहहरूसँग समेत निरन्तर समन्वय गर्दै जोखिमयुक्त क्षेत्रमा आवश्यक सुरक्षा तथा उद्धार व्यवस्थापन गरिरहेको छ ।
प्रमुख जिल्ला अधिकारी गौतमका अनुसार नागरिकको सुरक्षालाई उच्च प्राथमिकतामा राखेर मानवीय क्षति हुन नदिन प्रशासन, सुरक्षा निकाय, स्थानीय तह तथा विपद् व्यवस्थापनका टोली परिचालन गरिएको छ । उहाँले खोला तथा नदी किनारका बासिन्दालाई विशेष सतर्कता अपनाउन र जोखिम बढेमा तत्काल सुरक्षित स्थानमा जान आग्रह गर्नुभएको छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
स्वास्थ्य/जानकारी टिप्स२०८३ भाद्र २९, सोमबार २१:३६रसुवा बाढीका ३४१ बिरामीमध्ये २७८ घर फर्किए
समाचार२०८३ भाद्र २९, सोमबार २०:३०बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुँदैनः प्रधानमन्त्री शाह
समाचार२०८३ भाद्र २९, सोमबार १७:२९अन्तराष्ट्रिय धादिङ समाजको आयोजनामा बैरेनी अस्पतालमा दुई दिने नि:शुल्क विशेषज्ञ स्वास्थ्य शिविर सम्पन्न,२३५ जना लभान्वित
कला, विचार/मनोरञ्जन२०८३ भाद्र २९, सोमबार ११:३२आमाको पर्खाइ र दशैँको भावनासहित ‘आ बाट आमा २’ को फस्टलुक








