धादिङका ११३ जना अझै सम्पर्कविहीन

धादिङ, १२ भदौ : भदौ १० गतेको बाढीपछि धादिङ स्थायी ठेगाना भएका ११३ जना अझै सम्पर्कविहीन रहेको जिल्ला प्रशासन कार्यालय धादिङले जनाएको छ।
गोसाइँकुण्ड तीर्थयात्रा, रोजगारी तथा विभिन्न कामको सिलसिलामा घरबाहिर रहेका व्यक्तिमध्ये स्थानीय तह, सुरक्षा निकाय तथा विभिन्न व्यक्तिबाट प्राप्त सूचनाका आधारमा शुक्रबार बिहान ६ बजेसम्म ११३ जनासँग सम्पर्क हुन नसकेको विवरण सङ्कलन भएको हो।
प्राप्त विवरणअनुसार सबैभन्दा बढी थाक्रे गाउँपालिका र नीलकण्ठ नगरपालिकाका २३/२३ जना सम्पर्कविहीन छन्। धुनीबेँसी नगरपालिकाका १३ र रुबीभ्याली गाउँपालिकाका पनि १३ जना सम्पर्कविहीन रहेको विवरणमा उल्लेख छ।
त्यसैगरी गल्छी, बेनीघाट रोराङ र खनियाबास गाउँपालिकाका सात/सात, सिद्धलेक गाउँपालिकाका छ, गजुरी र नेत्रावती डबजोङ गाउँपालिकाका पाँच/पाँच जना सम्पर्कविहीन छन्। त्रिपुरासुन्दरी गाउँपालिकाका दुई तथा ज्वालामुखी र गङ्गाजमुना गाउँपालिकाका एक/एक जना सम्पर्कमा नआएको विवरणमा उल्लेख छ।
प्रशासनका अनुसार सम्पर्कविहीनको विवरण स्थानीय तह तथा सुरक्षा निकायबाट प्राप्त सूचनाका आधारमा अद्यावधिक भइरहेको छ। सूचीमा रहेका कुनै व्यक्ति परिवार वा आफन्तको सम्पर्कमा आइसकेको भए सम्बन्धित निकायलाई तत्काल जानकारी गराउन आग्रह गरिएको छ।
त्यस्तै हालसम्मको विवरणमा नाम समावेश नभएका तर बाढीपछि सम्पर्कमा नआएका धादिङका अन्य व्यक्ति भए त्यसबारे पनि जानकारी उपलब्ध गराउन प्रशासनले अनुरोध गरेको छ।
सम्पर्कमा आएका वा अझै सम्पर्कविहीन व्यक्तिबारे जिल्ला प्रहरी कार्यालय धादिङको मोबाइल नम्बर ९८५१२८३४८० वा जिल्ला प्रशासन कार्यालय धादिङको ९८५१४४३४७७ मा जानकारी गराउन सकिने जनाइएको छ।
बाढीपछि विभिन्न स्थानमा रहेका धादिङका नागरिकको अवस्था पहिचान गर्न स्थानीय तह, सुरक्षा निकाय र प्रशासनले विवरण सङ्कलन तथा सम्पर्क स्थापित गर्ने काम जारी राखेका छन्।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ आश्विन २३, शुक्रबार १२:२१६८ प्रतिशत नेपालीलाई आवासीय अवस्था जीवनको सबैभन्दा ठूलो तनावको स्रोत
कला, विचार/मनोरञ्जन२०८३ आश्विन २२, बिहीबार २१:४०नेपालकी प्राची तोमर ‘मिसेस इन्टरनेशनल ग्लोबल २०२६’ मा चौथो रनरअप
कला, विचार/मनोरञ्जन२०८३ आश्विन २२, बिहीबार २१:१३पल मलिकासँगै रातो टीका लाउदा क्या दामी देखियो सामूहिक डान्स
समाचार२०८३ आश्विन २२, बिहीबार २१:१०जग्गा हदबन्दीको समस्या समाधानका लागि पहल













