बाढीपीडितका लागि चलचित्र ‘युग’ टोलीद्वारा एक लाख एक हजार सहयोग

बाढीपीडितका लागि चलचित्र ‘युग’ टोलीद्वारा एक लाख एक हजार सहयोग


काठमाडौं । भोटेकोसीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि कलाकार तथा फिल्मकर्मीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार राहत कोषमा सहयोग गर्ने क्रम जारी छ। यसैक्रममा छायांकनको तयारीमा रहेको नेपाली फिल्म ‘युग’को निर्माण टोलीले राहत कोषमा १ लाख १ हजार रुपैयाँ सहयोग गरेको छ।

फिल्मका निर्देशक कोमलनाथ खतिवडाका अनुसार देशमा सिर्जिएको विपद्को परिस्थितिलाई मध्यनजर गर्दै निर्माण टोलीको सहमतिमा उक्त रकम राहत कोषमा जम्मा गरिएको हो। अहिलेको कठिन समयमा फिल्म निर्माणभन्दा पहिले राज्य र विपद्पीडित नागरिकलाई साथ दिनु सबैको दायित्व भएको उनले बताए।

केही दिनअघि काठमाडौंको कमलादीस्थित गणेश मन्दिरमा फिल्म ‘युग’को शुभमुहूर्त गरिएको थियो। फिल्मको छायांकन भदौ १५ गतेदेखि सुरु गर्ने तयारी भए पनि देशको विषम परिस्थितिका कारण केही दिनका लागि स्थगित गरिएको निर्माण पक्षले जनाएको छ।

परिस्थिति सामान्य बन्दै गएमा फिल्म ‘युग’को निर्माण टोली यही साताभित्र छायांकनका लागि पोखरा प्रस्थान गर्ने तयारीमा रहेको निर्देशक खतिवडाले जानकारी दिए।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
यो पनि पढ्नुहोस् :  निर्मला सुबेदीको रचना र मुख्य स्वरमा ‘सुन्नुहोला घटना भोटेकोशीको’ सार्वजनिक

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 5   +   5   =