नुवाकोट पुगेर बाढी पीडित भेट्दै बलिउड अभिनेता सोनु सुद

नुवाकोट पुगेर बाढी पीडित भेट्दै बलिउड अभिनेता सोनु सुद

पीडितले उनलाई घर लगायत सबै क्षति भएको दुःख सुनाए


काठमाडौँ । बलिउड अभिनेता सोनु सुद नुवाकोट पुगेका छन् । भोटेकोशी बाढी प्रभावितलाई सहायता गर्न उनी बुधबार त्यहाँ पुगेका छन् । त्यहाँको बाढी प्रभावित स्थान देख्दा उनी निकै भावुक बनेका छन् । उनले त्यहाँ बाढी पीडितहरूसँग पनि कुराकानी गरेका छन् ।

पीडितले उनलाई घर लगायत सबै क्षति भएको दुःख सुनाएका थिए । सोही क्रममा उनले पीडितलाई सान्त्वना दिएका छन् । उनीसँगै मुम्बईबाट आएको सहायता टोली पनि प्रभावित थलो पुगेको छ ।

त्यसअघि उनले काठमाडौँको एक गुम्बामा आश्रय लिएका बाढी प्रभावितलाई भेटेका थिए । उनले आश्रित बालबालिकालाई भेटेको तस्बिर सामाजिक सञ्जालमा पोस्ट गरेका छन् । जसमा उनले सबैलाई नेपाललाई सहयोग गर्न आग्रह समेत गरेका छन् । सुद मंगलबार काठमाडौँ आइपुगेका हुन् ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
यो पनि पढ्नुहोस् :  विजय र पूजाले सुरु गरे ‘रत्यौली’को छायांकन » Celebrity Nepal

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 1   +   6   =