सिद्धलेकमा बाढी प्रभावित परिवारलाई राहत वितरण

धादिङ, २२ भदौ : गत भदौ १० र १३ गते त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित सिद्धलेक गाउँपालिकाका पाँच घरपरिवारलाई गाउँपालिकाले अत्यावश्यक राहत सामग्री वितरण गरेको छ।
गाउँपालिका अध्यक्ष परशुराम खतिवडाको नेतृत्वमा प्रभावित परिवारलाई खाद्यान्न, त्रिपाल तथा बालबालिकाका लागि आवश्यक कपडालगायत सामग्री उपलब्ध गराइएको गाउँपालिकाले जनाएको छ।
बाढीबाट प्रभावित परिवारको तत्काल आवश्यकता सम्बोधन गर्ने उद्देश्यले राहत सामग्री वितरण गरिएको हो । विपद्का समयमा प्रभावित नागरिकलाई आवश्यक राहत, सहयोग तथा पुनःस्थापनामा गाउँपालिका निरन्तर साथमा रहने अध्यक्ष खतिवडाले बताउनुभएको छ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ आश्विन १९, सोमबार १३:२३आईआईएफटी स्पेस एन्ड डिजाईन प्रतिस्पर्धामा रुची, दिपेश, विवेक र एन्जल उत्कृष्ट
कला, विचार/मनोरञ्जन२०८३ आश्विन १८, आईतवार २१:०२उपासना र कुन्दनको चलचित्र ‘भिडियोटेप’ को छायांकन सम्पन्न
कला, विचार/मनोरञ्जन२०८३ आश्विन १८, आईतवार २०:५४असोज २३ मा ‘अक्षरा’ रिलिज, प्रचारमा उत्रिए २५० भन्दा बढी साइकल यात्री
समाचार२०८३ आश्विन १८, आईतवार २०:४८सभामुख अर्याल अन्तरव्यवस्थापिका संघको १५३औँ महासभामा सहभागी हुन तान्जानिया प्रस्थान









