भरियाको जीवनकथा बोकेको ‘कार्की साइँला’को ट्रेलर सार्वजनिक

भरियाको जीवनकथा बोकेको ‘कार्की साइँला’को ट्रेलर सार्वजनिक

महिलाले जहाँ रोए पनिहुन्छ तर पुरुषले रुनका लागि एकान्त नै खोज्नुपर्ने


काठमाडौँ । आगामी असोज २ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको फिल्म ‘कार्की साइँला’को ट्रेलर सार्वजनिक गरिएको छ। निर्माण टिमले फिल्मको प्रदर्शन मिति नजिकिदै गर्दा मंगलबार आधिकारिक ट्रेलर रिलिज गरेको हो।

‘मुभिज डिजिटेनमेन्ट’युट्युब च्यानलमार्फत लिज भएको ट्रेलरमा मुख्य पात्र कार्की साइँला (जितु नेपाल)को कथा वरिपरी घुमेको छ। भारी बोक्ने भरियाको काम गर्दै आएका कार्की साइँलाको विवाह तथा सन्तानको खुशीमा,त्यसमाथी गाउँलेको हेपाइ प्रवृधिलाई देख्न सकिन्छ। ट्रेलरमा आफ्नो मात्रै नभई अरुका लागी लमी बनेको देखिन्छन्। साथै गाउँमा आएकी एक युवती(प्रियना आचार्य) को भारी बोकेर बोकी दिदा पैसा लिनै मान्दैनन्। पछि उसैसँग प्रेम विवाहपछि सन्तान बसेको ट्रेलरमा देखाइएको छ।

महिलाले जहाँ रोए पनिहुन्छ तर पुरुषले रुनका लागि एकान्त नै खोज्नुपर्ने कुरालाई समेत ट्रेलरमा उठाइएको छ। यसको वास्तविकता के हो र कसरी फिल्मलाई अगाडी बढाइएको छ। आगामी असोज २ गते थाहा हुने नै छ।

फिल्ममा जितु नेपालका साथै प्रियाना आचार्य, सुशील पोखरेल, बीरेन्द्र सिंह कुशवाहा, मान्शी शर्मा लगायतका कलाकारहरूको अभिनय देख्न सकिन्छ।
डम्बर राईको कथामा बनेको यस फिल्मको पटकथा एवं संवाद शंकर धिताल र सबिन अधिकारीले तयार पारेका हुन्। साथै फिल्मलाई राजेन्द्र बस्नेतले निर्देशन गरेका छन्।

बाल कुमार राई र निर्भिक बञ्जारा निर्माता रहेको यस फिल्मका कार्यकारी निर्माता अनन्त राई हुन्। दिप्सन लिम्बु र संकेत अगस्थीको सङ्गीत रहेको छ। डिजिटल पार्टनर मुभिज डिजिटेनमेन्ट रहेको छ। फिल्मलाई कुबेर फिल्मस्ले वितरणको जिम्मा लिएको छ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
यो पनि पढ्नुहोस् :  चलचित्र ‘माया बस्छ कि के हो !’ मा युरोपका सुन्दर शहर
लेखकसँग सम्बन्धित खबरहरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 5   +   3   =