आमाको पर्खाइ र दशैँको भावनासहित ‘आ बाट आमा २’ को फस्टलुक

आमाको पर्खाइ र दशैँको भावनासहित ‘आ बाट आमा २’ को फस्टलुक

पल शाह, मलिका महत, रिश्ता गुरुङ, निकिता आचार्य, विपना थापा, आकाश श्रेष्ठ, प्रदीप रावत लगायत कलाकारको अभिनय


काठमाडौँ । अघिल्लो वर्षको सफल फिल्म ‘आ बाट आमा’ को सिक्वेल ‘आ बाट आमा २’ को फस्टलुक पोस्टर सार्वजनिक भएको छ। हरितालिका तीजको अवसरमा निर्माण टिमले फिल्मको पहिलो झलक सार्वजनिक गरेको हो।

‘चर्किएको यो घरले फेरि सोध्यो… यो दशैँमा पनि तिम्रो सन्तान आएन है आमा?’ भन्ने भावुक स्लोगनसहित सार्वजनिक पोस्टरले नेपाली समाजका चाडपर्व, परिवारबाट टाढिएका सन्तान र उनीहरूको पर्खाइमा रहेका आमाको कथा संकेत गर्छ।

पोस्टरमा फुटेका सिसा, पुराना पारिवारिक तस्बिर, दशैँको माहोल र परदेशिएका सन्तानको प्रतीकका रूपमा हवाइजहाजलाई प्रस्तुत गरिएको छ। यसले पारिवारिक विछोड, आमाको प्रतीक्षा र बदलिँदो नेपाली गाउँघरको भावनात्मक कथा बोल्छ।

फिल्ममा पल शाह, मलिका महत, रिश्ता गुरुङ, निकिता आचार्य, विपना थापा, आकाश श्रेष्ठ, प्रदीप रावत, साइग्रेस पोखरेल, गजित विष्टलगायत कलाकारको अभिनय छ।

चन्द्र पन्तको निर्देशन तथा कथा–पटकथामा बनेको फिल्म असोज ३० गते, फूलपातीको अघिल्लो दिनदेखि प्रदर्शनमा आउनेछ। आर्या इन्टरटेनमेन्टको प्रस्तुतिमा निर्माण भएको फिल्मलाई आरआर फिल्म्सले नेपालभर वितरण गर्नेछ भने डिजिटल अधिकार ओएसआरसँग रहेको छ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
यो पनि पढ्नुहोस् :  काठमाडौंको छायांकन सकेर ‘मन बिनाको धन २’ मुस्ताङ जाने

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 8   +   1   =