‘झिंगे दाउ २’को ट्रेलर सार्वजनिक, पारिवारिक द्वन्द्वदेखि आमाको ममतासम्म

‘झिंगे दाउ २’को ट्रेलर सार्वजनिक, पारिवारिक द्वन्द्वदेखि आमाको ममतासम्म

काठमाडौँ। आगामी असोज २ गतेदेखि प्रदर्शनमा आउन लागेको नेपाली फिल्म ‘झिंगे दाउ २’ को ट्रेलर सार्वजनिक गरिएको छ। सार्वजनिक ट्रेलरले पारिवारिक सम्बन्धभित्रको द्वन्द्व, दाजुभाइबीचको मनमुटाव, देउरानी जेठानीको टकरावसँगै आमाको ममता, सन्तानप्रतिको प्रेम र हराएकी आमाको खोजीलाई मुख्य रूपमा प्रस्तुत गरेको छ।

करिब फिल्मको कथावस्तु र पात्रहरूको सम्बन्धलाई संकेत गर्ने ट्रेलरले दर्शकमा फिल्मप्रतिको कौतुहलता बढाउने देखिन्छ। विशेषगरी पारिवारिक सम्बन्ध र भावनात्मक पक्षलाई केन्द्रमा राखिएको फिल्मले दर्शकलाई मनोरञ्जनसँगै भावनात्मक अनुभूति दिने अपेक्षा गरिएको छ।

कपनगढी सिनेमा र फिल्म क्रिउ नेपालको ब्यानरमा निर्माण भएको फिल्मलाई ज्ञानेन्द्र देउजाले निर्देशन गरेका हुन्। फिल्ममा सुलभ प्रतिक देउजा र समीक्षा देउजा को लगानी रहेको छ भने रोशनी अधिकारी देउजा र नीतु श्रेष्ठ देउजा सह निर्माताका रूपमा छन्।

विष्णु घिमिरे ‘कल्पित’ को डीओपी रहेको फिल्ममा मित्र डी गुरुङको सम्पादन, अर्जुन पोखरेलको संगीत र रोशन श्रेष्ठको एक्सन निर्देशन छ। फिल्मको प्रोडक्सन हेड ईश्वर घिमिरे हुन्।

फिल्ममा केकी अधिकारी र आँचल शर्मा सहित महेश त्रिपाठी, कुशल बिष्ट, आर्यन सिग्देल, हिउँवाला गौतम, सरोज खनाल, बसुन्धरा भुसाल, चैत्यदेवी सिंह, संगम भण्डारी, विजय देउजा, अंशु महर्जन, अभयराज बराल, उत्तम केसी, आशा भुसाल लगायतका कलाकारको अभिनय छ।

परिच्छेद सेनको पटकथा तथा संवाद रहेको फिल्मको लेखन गोविन्दु फुयाँल र शिशिर चालिसेले गरेका हुन्। यसअघि सार्वजनिक गरिएको फिल्मको टिजरले पनि दर्शकको ध्यान खिचिसकेको छ। त्यस्तै, फिल्ममा समावेश ‘जेठानी भर्सेस देउरानी’ बोलको तीज ब्याटल गीत युट्युब र टिकटकमा चर्चामा छ। सार्वजनिक भएको छोटो समयमै उक्त गीतले ३७ लाखभन्दा बढी भ्यूज प्राप्त गरिसकेको निर्माण पक्षले जनाएको छ।

पारिवारिक कथा, सम्बन्धभित्रको द्वन्द्व र भावनात्मक उतारचढावलाई समेटिएको ‘झिंगे दाउ २’ ले असोज २ गतेदेखि दर्शकको साथ पाउने अपेक्षा गरिएको छ।

यो पनि पढ्नुहोस् :  काठमाडौंको छायांकन सकेर ‘मन बिनाको धन २’ मुस्ताङ जाने

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 9   +   3   =