छेङ्दुमा १२ नेपाली युवा: सुपरकम्प्युटिङ र रोबोटिक्सदेखि प्राचीन सभ्यतासम्मको यात्रा

University of Electronic Science and Technology of China (UESTC)
छेङ्दु (चीन) । कृत्रिम बौद्धिकता (एआई) र अन्तरसांस्कृतिक सञ्चारसम्बन्धी एक साता लामो अन्तर्राष्ट्रिय कार्यशालामा नेपालका १२ जना युवा सहभागी भएका छन् ।
चीनको छेङ्दुस्थित युनिभर्सिटी अफ इलेक्ट्रोनिक साइन्स एन्ड टेक्नोलोजी अफ चाइना ( University of Electronic Science and Technology of China – UESTC) )मा आयोजित कार्यशालामा नेपाली युवाहरूले भाग लिएका हुन् ।
‘डायलॉग एक्रोस द हिमालयज २०२६: युथ वर्कशप अन एआई टेक्नोलोजी एन्ड इन्टरकल्चरल कम्युनिकेसन’ (Dialogue Across the Himalayas 2026 Youth Workshop on AI Technology and Intercultural Communication) नाम दिइएको उक्त कार्यक्रम विश्वविद्यालयको स्कुल अफ पब्लिक एडमिनिस्ट्रेशन (School of Public Administration) र स्कुल अफ फरेन ल्याङ्ग्वेजेज (School of Foreign Languages)ले संयुक्त रूपमा आयोजना गरेका हुन् ।
कार्यशालामा नेपालका चार प्रमुख विश्वविद्यालयहरु पोखरा विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय, काठमाडौँ विश्वविद्यालय र लुम्बिनी बौद्ध विश्वविद्यालयका प्रतिनिधि तथा विद्यार्थीहरूको सहभागिता रहेको थियो ।

नेपाल र चीनबीचको जनस्तरीय सम्बन्धलाई सुदृढ बनाउने र एआईको युगमा सञ्चार क्षेत्रमा भइरहेको रूपान्तरणबारे बौद्धिक आदानप्रदान गर्ने उद्देश्यले साथ कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रमका क्रममा एआई र सञ्चारका समसामयिक विषयमा केन्द्रित १० वटा विषयगत पाठ्यक्रम सञ्चालन गरिनुका साथै क्षेत्रगत विज्ञहरूसँग अन्तरक्रियात्मक सत्र सञ्चालन गरिएको थियो ।

सुपरकम्प्युटिङदेखि रोबोट पार्कसम्मको अवलोकन
कक्षाकोठाको अध्ययनसँगै नेपाली टोलीले चीनको आधुनिक प्रविधि र अनुसन्धान केन्द्रहरूको प्रत्यक्ष अवलोकन गर्ने अवसर पाएको थियो । उनीहरूले छेङ्दुस्थित नेशनल सुपरकम्प्युटिङ सेन्टर, सिन्चुआन हार्ट फ्युचर रोबोट पार्क, तियान्फु न्यु एरिया, छेङ्दु साइ-टेक इनोभेशन इकोलोजिकल आइल्यान्ड तथा तियान्फु डिजिटल कल्चरल एन्ड क्रिएटिभ पार्कको समेत भ्रमण गरेका थिए । भ्रमणका क्रममा टोलीले उच्च क्षमताको कम्प्युटिङ प्रणाली, रोबोटिक्स र एआईका क्षेत्रमा चीनले हासिल गरेको प्रगतिको नजिकबाट अध्ययन गरेको थियो ।

यस्तै, मिडिया प्रविधिको विकास बुझ्न टोलीले सिचुआन युनिभर्सिटी अफ मिडिया एन्ड कम्युनिकेसन्स र छेङ्दु फिल्म एन्ड टेलिभिजन सिटीको समेत अवलोकन गर्यो । त्यहाँ उनीहरूले भर्चुअल रियालिटी (भीआर), मोसन क्याप्चर प्रविधि र बहुआयामिक डिजिटल स्टुडियोहरूको प्रत्यक्ष अनुभव लिएका थिए ।
प्रविधिसँगै नेपाली टोलीले जैविक विविधता र इतिहासको पनि अध्ययन गरेको छ । टोलीले प्रख्यात छेङ्दु रिसर्च बेस अफ जाइन्ट पान्डा ब्रिडिङ तथा प्राचीन सभ्यताका पुरातात्त्विक अवशेषहरू रहेको सानसिङदुई म्युजियमको भ्रमण गरी चिनियाँ इतिहास र संस्कृतिबारे जानकारी लिएको थियो ।

कार्यक्रमले प्रविधि, शिक्षा र संस्कृतिलाई एकै ठाउँमा ल्याएर दुवै देशका नयाँ पुस्ताबीच आपसी समझदारी र सहकार्यको नयाँ सम्भावना उजागर गरेको कार्यशालामा सहभागी पोखरा विश्वविद्यालयकाे अन्तर्राष्ट्रिय सम्बन्ध केन्द्रका मुख्य सहायक (प्रशासन) अमृत सागर बगालेले जानकारी दिए ।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=22584, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ भाद्र २८, आईतवार १७:२७छेङ्दुमा १२ नेपाली युवा: सुपरकम्प्युटिङ र रोबोटिक्सदेखि प्राचीन सभ्यतासम्मको यात्रा
समाचार२०८३ भाद्र २८, आईतवार ०४:००रेवान पोखराको अध्यक्षमा वसन्त गौतम सर्वसम्मत
समाचार२०८३ भाद्र २५, बिहीबार २१:३७प्रदेश प्रमुखसमक्ष प्रदेश लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस
समाचार२०८३ भाद्र २५, बिहीबार १३:२४होटल संघ पोखराद्वारा राहत कोषमा २९ लाख बढी सहयोग







