‘झिंगे दाउ २’ को ‘ए माया नजिकै सर’ सार्वजनिक, गीतमा देखियो दशैंको झल्को

अर्जुन पोखरेलको शब्द तथा संगीत र रामचन्द्र काफ्ले तथा शान्तिश्री परियारको स्वर
काठमाडौं । असोज २ गतेदेखि प्रदर्शनमा आउन लागेको नेपाली फिल्म ‘झिंगे दाउ २’ को नयाँ गीत ‘ए माया नजिकै सर’ सार्वजनिक भएको छ। ओएसआर डिजिटलमार्फत सार्वजनिक गीतले फिल्मप्रति दर्शकको उत्सुकता थप बढाउने अपेक्षा गरिएको छ।
यसअघि सार्वजनिक ‘जेठानी–देउरानी’ बोलको तीज गीतले सामाजिक सञ्जालमा राम्रो चर्चा पाइरहेका बेला निर्माण टिमले दशैंको झल्को दिने नयाँ गीत सार्वजनिक गरेको हो। गीतको भिडियोमा रातो टीका र जमरासहितका मुख्य कलाकार देखिन्छन् भने रोटे पिङमा रमाइरहेको दृश्यले नेपाली दशैंको माहोल झल्काउँछ।
गीतमा अर्जुन पोखरेलको शब्द तथा संगीत र रामचन्द्र काफ्ले तथा शान्तिश्री परियारको स्वर रहेको छ। रामजी लामिछानेले कोरियोग्राफी गरेको भिडियोमा केकी अधिकारी, आँचल शर्मा, महेश त्रिपाठी र कुशल बिष्टको नृत्य देख्न सकिन्छ। गीतको भिडियोमा केकी र आँचलबीचको झगडालाई समेत रोचक ढंगले प्रस्तुत गरिएको छ।
कपनगढी सिनेमा र फिल्म क्रिउ नेपालको ब्यानरमा निर्माण भएको फिल्मलाई ज्ञानेन्द्र देउजाले निर्देशन गरेका हुन्। फिल्ममा सुलभ प्रतिक देउजा र समीक्षा देउजाको लगानी रहेको छ भने रोशनी अधिकारी देउजा र नीतु श्रेष्ठ देउजा सह–निर्माताका रूपमा छन्।
विष्णु घिमिरे ‘कल्पित’ को छायांकन, मित्र डी गुरुङको सम्पादन, अर्जुन पोखरेलको संगीत तथा रोशन श्रेष्ठको एक्सन रहेको फिल्मको प्रोडक्सन हेड ईश्वर घिमिरे हुन्।
फिल्ममा केकी र आँचलसँगै महेश त्रिपाठी, कुशल बिष्ट, आर्यन सिग्देल, हिउँवाला गौतम, सरोज खनाल, बसुन्धरा भुसाल, चैत्यदेवी सिंह, संगम भण्डारी, विजय देउजा, अंशु महर्जन, अभयराज बराल, उत्तम केसी, आशा भुसाल लगायतका कलाकारको अभिनय छ।
परिच्छेद सेनको पटकथा तथा संवाद रहेको फिल्ममा गोविन्दु फुयाँल र शिशिर चालिसेको लेखन छ। फिल्मको टिजर र ट्रेलरले दर्शकको ध्यान तानिसकेको छ।
यसअघि प्रदर्शनमा आएको ‘झिंगे दाउ’ ले युट्युबमा ८० लाखभन्दा बढी भ्यूज पाइसकेको छ। पहिलो श्रृंखलाले बनाएको दर्शकको आधार र सार्वजनिक प्रचार सामग्रीले ‘झिंगे दाउ २’प्रति अपेक्षा बढाएको देखिन्छ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ भाद्र ३०, मंगलवार २०:००चलचित्र ‘आचार्य’ को पहिलो गीत सार्वजनिक, निखिलको रोमान्टिक अवतार
कला, विचार/मनोरञ्जन२०८३ भाद्र ३०, मंगलवार १९:४३‘झिंगे दाउ २’ को ‘ए माया नजिकै सर’ सार्वजनिक, गीतमा देखियो दशैंको झल्को
समाचार२०८३ भाद्र ३०, मंगलवार १६:२२नेपाल क्षयरोग निवारण संस्था धादिङको अध्यक्षमा श्रीकृष्ण अधिकारी चयन
स्वास्थ्य/जानकारी टिप्स२०८३ भाद्र ३०, मंगलवार १३:५१भोटेकोशी बाढीः त्रिवि शिक्षण अस्पतालमा आठ जनाको उपचार हुँदै









