स्नेहालाई ‘मिस युनाइटेड नेसन नेपाल २०२६’को ताज » Celebrity Nepal

स्नेहालाई ‘मिस युनाइटेड नेसन नेपाल २०२६’को ताज » Celebrity Nepal


काठमाडौँ । अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगीता ‘मिस युनाइटेड नेसन २०२६’मा नेपालको प्रतिनिधित्व स्नेहा राउतले गर्ने भएकी छन् । ग्रीन आट्र्स मिडियाले राजधानीमा बुधबार एक कार्यक्रम गर्दै स्नेहा राउतलाई ‘मिस युनाइटेड नेसन नेपाल २०२६’को ताज पहिर्याउदै प्रतियोगीताको आधिकारिकता दिएको हो ।
आगामी अक्टोबर ५ देखि भारतको नयाँ दिल्लीमा उक्त प्रतियोगीतामा उनी नेपालको तर्फबाट एक्लो प्रतिनिधि हुनेछिन् । ललितपुरकी २४ वर्षीया राउतले थाइल्यान्डबाट ब्याचलर इन बिजनेस स्टडिज पूरा गरेकी छन् ।

बत्तीसपुतलीस्थित द स्ट्र्यान्ड लाउन्ज एन्ड बारमा आयोजित कार्यक्रममा अन्तर्राष्ट्रिय कोरियोग्राफर रोजिन शाक्य तथा चर्चित फोटोग्राफर महेश प्रधान, चर्चित फेसन कोरियोग्राफर तथा पेजेन्ट निर्देशक अनिला श्रेष्ठ, ग्रीनआर्ट मिडियाका सिइया प्रवीण प्रसाद लाकौललगायतले राउतालाई ताज पहिर्याउदै अन्तर्राष्ट्रिय मञ्चमा नेपालको गरिमा उच्च राख्न शुभकामना दिए ।

कार्यक्रममा फेसन कोरियोग्राफर तथा पेजेन्ट निर्देशक अनिला श्रेष्ठले भारतमा आयोजना ‘मिस युनाइटेड नेसन २०२६’मार्फत राउतलाई अन्तराष्ट्रिय क्षेत्रमा नेपाल नेपाल चिनाउने अवसर प्राप्त भएको बताइन् । श्रेष्ठले प्रतियोगीका लागि राउतालाई व्यक्तित्व विकास, प्रशिक्षण तथा प्रस्तुति तयारीमा आफुले महत्वपुर्ण भुमिका खेल्ने जानकारी दिइन् ।

कार्यक्रममा फेसन, मनोरञ्जन, फोटोग्राफी, कला तथा सामाजिक क्षेत्रका विभिन्न व्यक्तित्वहरूको उपस्थिति रहेको थियो । ‘मिस युनाइटेड नेसन नेपाल’ नेपाली युवतीहरूको प्रतिभा, आत्मविश्वास, व्यक्तित्व र नेतृत्व क्षमतालाई अन्तर्राष्ट्रिय स्तरमा प्रस्तुत गर्ने अवसरको रुपमा सदुपयो गहुदै आएको जानकारी दिइयो ।
राउतले अन्तर्राष्ट्रिय प्रतियोगीतामा नेपालको कला, संस्कृति, सौन्दर्य, प्रतिभा र पहिचानलाई प्रभावकारी रूपमा प्रस्तुत गर्ने बताइन् ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
यो पनि पढ्नुहोस् :  एक योद्धा’को दोस्रो ट्रेलर सार्वजनिक » Celebrity Nepal
लेखकसँग सम्बन्धित खबरहरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 3   +   5   =