धादिङका पाँच पालिकामा कांग्रेसको नयाँ नेतृत्व चयन

धादिङका पाँच पालिकामा कांग्रेसको नयाँ नेतृत्व चयन

धादिङ, ८ असोज : धादिङका पाँच स्थानीय तहमा नेपाली कांग्रेसको नयाँ नेतृत्व चयन भएको छ। प्रतिकूल मौसमको सम्भावनाका कारण बाँकी  स्थानीय तहको अधिवेशन भने असोज १२ गतेका लागि सारिएको छ।

आज सम्पन्न पालिका अधिवेशनबाट प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ अन्तर्गत सिद्धलेक गाउँपालिकाको सभापतिमा भीम भट्ट, बेनिघाट रोराङ गाउँपालिकाको सभापतिमा बिनोद भट्टराई र थाक्रे गाउँपालिकाको सभापतिमा सादुराम थापा चयन हुनुभएको छ।

त्यसैगरी, निर्वाचन क्षेत्र नं २ अन्तर्गत गङ्गाजमुना गाउँपालिकाको सभापतिमा भरतबहादुर ढकाल र त्रिपुरासुन्दरी गाउँपालिकाको सभापतिमा देवी कुमारी बुर्लाकोटी पाण्डे सर्वसम्मत चयन हुनुभएको छ।

बाँकी आठ स्थानीय तहमा नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया अघि बढिरहेका बेला मौसम प्रतिकूल हुन सक्ने भन्दै अधिवेशन सारिएको हो। नेपाली कांग्रेसको निर्वाचन समितिको कार्यालयले सूचना जारी गर्दै ती स्थानीय तहको अधिवेशन असोज १२ गते हुने जनाएको छ।

धादिङका पाँच पालिकामा कांग्रेसको नयाँ नेतृत्व चयन

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
यो पनि पढ्नुहोस् :  दलित अधिकार तथा विकास विधेयकमाथि पोखरामा सुझाव संकलन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 2   +   9   =