‘झिंगे दाउ २’को ‘आमा भए पो स्वर्ग हुन्छ घर’ गीतमा आमाको माया

काठमाडौँ। असोजको २ गतेबाट रिलिजमा आएको फिल्म ‘झिंगे दाउ २’ले दर्शकको उत्कृष्ट प्रतिक्रिया पाइरहेको छ । फिल्म हेरेर हलबाट दर्शक रुँदै निस्किएका छन् । हलमा फिल्म हेरेका दर्शकले यसको कथावस्तु, कलाकारको अभिनय, प्रस्तुति, गीतसंगीतलाई निकै मन पराएका छन् । यसैबिच, यसको निर्माणपक्षले फिल्म रिलिजको भएको एक सातापछि नयाँ गीत ‘आमा भए पो स्वर्ग हुन्छ घर’ सार्वजनिक गरेको छ ।
निकै नै मार्मिक यो गीतमा कुशल बेलबासेको स्वर, अर्जुन पोखरेलको शब्द तथा संगीतमा यो गीत तयार भएको हो । गीतमा आमा घरमा नहुँदाको पीडा पोखिएको छ । आमा हुँदा घर कस्तो हुन्छ भनेर पनि गीतमा उल्लेख गरिएको छ । कपनगढी सिनेमा र फिल्म क्रिउ नेपालको व्यानरमा निर्माण भएको यो फिल्ममा ज्ञानेन्द्र देउजाको निर्देशन, सुलभ प्रतिक देउजा र समिक्षा देउजाको लगानी छ ।
रोशनी अधिकारी देउजा र नीतु श्रेष्ठ देउजा फिल्मका सह–निर्माता हुन् । विष्णु घिमिरे ‘कल्पित’को डीओपी रहेको फिल्ममा मित्र डी गुरुङको सम्पादन, अर्जुन पोखरेलको संगीत, रोशन श्रेष्ठको एक्सन छ । फिल्ममा केकी अधिकारी, आँचल शर्मा, महेश त्रिपाठी, कुशल बिष्ट, आर्यन सिग्देल, हिउँवाला गौतम, सरोज खनाल, बसुन्धरा भुषाल, चैत्यदेवी सिंह, संगम भण्डारी, विजय देउजा, अंशु महर्जन, अभयराज बराल, उत्तम केसी, आशा भुसाल लगायतका कलाकारहरुको अभिनय छ ।
परिच्छेद सेनको पटकथा तथा संवाद रहेको फिल्ममा गोविन्द फुयाँल र शिशिर चालिसेको लेखन छ । यो गीत सार्वजनिक भएपछि दर्शकले फिल्मको मर्मलाई अझै नजिकबाट नियाल्ने अपेक्षा गरिएको छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ कार्तिक १९, बुधबार १९:००नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त महानिरीक्षक केसी
समाचार२०८३ कार्तिक १९, बुधबार १८:४०शंखादेवी माविको अध्यक्षमा ठकुरी निर्वाचित
कला, विचार/मनोरञ्जन२०८३ कार्तिक १९, बुधबार १२:४२गायक, गीतकार तथा संगीतकार डिबी गुरुङ » Celebrity Nepal
सूचना-प्रविधि२०८३ कार्तिक १८, मंगलवार २१:२७नि:शुल्क एआई तालिममा ६८ हजारभन्दा बढीको आवेदन









