सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु

सिङ्गापुर । सिङ्गापुरले सरकारी अधिकारीहरूका लागि ‘डेटिङ प्लेटफर्म’ सुरु गरेको छ । यो राज्यको घट्दो विवाह र कम प्रजनन दरसँग जुध्न ल्याइएको नवीनतम प्रयोग हो।
मङ्गलबार सार्वजनिक गरिएको र पहिलो भेट (फर्स्टडेट) नाम दिइएको यो पहलले २१ देखि ३५ वर्ष उमेरका कर्मचारीलाई लक्षित गरेको छ । यसले केही डेटिङ एपसँग जोडिएको प्रोफाइल बारम्बार हेर्दा आउने भावनात्मक, मानसिक र शारिरिक थकान (स्वाइप फटिग) अन्त्य गर्ने र ‘सोचपूर्ण सम्बन्ध’ निर्माण गर्ने वाचा गरेको छ ।
सरकारी अधिकारीहरूले सेवाका लागि रुचि, बानी, धार्मिक प्राथमिकता र ‘सम्बन्ध रोक्ने’ लगायतका विवरण भर्न सक्छन् ।
प्लेटफर्मले पूर्ण गोपनीयताको वाचा गर्दै भनेको छ, “तपाईंको प्रोफाइल केवल तपाईंको लागि विचार मिल्ने व्यक्तिले मात्र देख्छ, र तपाईंको सम्पर्क विवरण साझा गर्ने कि नगर्ने तपाईंले नै निर्णय गर्नुहुन्छ।”
यसले प्रयोगकर्तालाई ‘तपाईंको भेट कस्तो भएर बित्यो भन्नुहोस्!’ भन्दै स्टार रेटिङ र वैकल्पिक प्रतिक्रियाका लागि सङ्केत प्रदान गर्छ र प्रतिक्रिया पनि माग्छ ।
लगभग ६० लाखभन्दा बढी जनसङ्ख्या भएको सिङ्गापुरमा गत वर्ष उच्च कम प्रजनन दर देखिएको थियो ।
पछिल्ला बर्षहमा विवाह गर्ने सिङ्गापुरबासीहरूको सङ्ख्या घट्दै गएको छ । आधिकारिक आँकडा अनुसार सन् २०२५ मा विवाह दर्ता लगातार तेस्रो वर्ष घटेको थियो ।
अगस्टमा प्रधानमन्त्री लरेन्स वङले ठूलो परिवारलाई प्रोत्साहन गर्ने बलियो प्याकेज घोषणा गर्नुभएको थियो । यसमा उदार आर्थिक प्रोत्साहन पनि समावेश छन् ।
सिङ्गापुर यस वर्ष आधिकारिक रूपमा ‘सुपर–एज्ड’ समाज पनि बनेको छ, जहाँ जनसङ्ख्याको कम्तीमा २१ प्रतिशत ६५ वर्ष वा माथिको उमेर समूहमा पर्छ।
जापानमा सरकारले सन् २०२४ मा कम जन्मदर बढाउन सुरु गरेको एआई–सञ्चालित ‘डेटिङ एप’बाट २६५ विवाह भएका थिए । रासस
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ आश्विन १५, बिहीबार १०:१९चास्नीबाट एक सय छ घार मौरीमा सङ्क्रमण
कला, विचार/मनोरञ्जन२०८३ आश्विन १५, बिहीबार ०८:४२‘चंगुल’मा जेन्जी आन्दोलनको कथा, प्रिमियरमा घाइते जेन्जी सम्मानित
सूचना-प्रविधि२०८३ आश्विन १४, बुधबार २०:२५सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु
समाचार२०८३ आश्विन १४, बुधबार १९:१६प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो









