‘३६ को आँकडा’को गीतमा रेखा र महेश,पुजा र पुष्प » Celebrity Nepal

‘३६ को आँकडा’को गीतमा रेखा र महेश,पुजा र पुष्प » Celebrity Nepal

रेखा थापा र महेश त्रिपाठी तथा पूजा शर्मा र पुष्प खड्काको जोडीको गीतमा नृत्य देख्न सकिन्छ


काठमाडौं । चलचित्र ‘३६ को आँकडा’को गीत सार्वजनिक गरिएको छ । निर्माणपक्षले चलचित्रको ‘बहुलाउँछु कि क्या हो’ बोलको गीत सार्वजनिक गरेको हो ।गीतमा सत्यराज आचार्य र अञ्जु पन्तको स्वर छ । शब्द तथा संगीत सुरेश अधिकारीको छ । मायामा डुबेका प्रेम जोडीहरूको कथा छ । मायाको गहिराइमा डुबेका प्रेम जोडीहरूले प्रेममा नै देखेको संसारमा गीत केन्द्रित छ ।

गीतको भिडियोमा चलचित्रका मुख्य चार कलाकार फिचर्ड छन् । रेखा थापा र महेश त्रिपाठी तथा पूजा शर्मा र पुष्प खड्काको जोडीको गीतमा नृत्य देख्न सकिन्छ । सविर श्रेष्ठको निर्देशन रहेको चलचित्र ‘३६ को आँकडा’ मंसिर १७ गते रिलिज हुँदैछ । चलचित्रमा रेखा थापा, पूजा शर्मा, निरुता सिंह, पुष्प खड्का, महेश त्रिपाठीलगायत कलाकारको मुख्य भूमिका छ ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
यो पनि पढ्नुहोस् :  चलचित्र कलाकार संघको बडादशैं शुभकामना सँगै ‘साथी राइड’ शुभारम्भ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 1   +   10   =