‘चिरञ्जीवी भवः’को पहिलो गीत ‘जाले रुमाल’ सार्वजनिक

‘चिरञ्जीवी भवः’को पहिलो गीत ‘जाले रुमाल’ सार्वजनिक

‘चिरञ्जीवी भवः’मा हरिवंश आचार्य, आशीर्वाद क्षेत्री र प्रशंसा रायमाझी मुख्य भूमिकामा छन् ।

सेलिब्रेटी नेपाल । चलचित्र ‘चिरञ्जीवी भवः’को गीत सार्वजनिक गरिएको छ । ‘जाले रुमाल’ बोलको गीत निर्माणपक्षले आज ओएसआर डिजिटल च्यानलमार्फत सार्वजनिक गरेको हो ।

गीतमा शब्दरचना दीपकप्रसाद आचार्यको छ । स्वर रचना रिमाल, रामचन्द्र काफ्ले र बाबुल गिरीको छ । संगीत बाबुल गिरीको छ ।

लोकलयको गीतमा एक युवक र युवतीले गरेको दोहोरी छ । रुपका कारण एकअर्काप्रति आकर्षित भएका युवक र युवतीले आफ्नो सौन्दर्यलाई मायाको सुरुवाती बिन्दू मानेका छन् ।

‘चिरञ्जीवी भवः’मा हरिवंश आचार्य, आशीर्वाद क्षेत्री र प्रशंसा रायमाझी मुख्य भूमिकामा छन् । ‘चिरञ्जीवी भवः’मा हरिवंश ‘चिरञ्जीवी बाजे’को क्यारेक्टरमा देखिँदैछन् । अभिनेत्री करिश्मा मानन्धर, मिश्री थापा, कमलमणि नेपाल, अभय बराल, सुमन कार्की, सुवर्ण थापा, सरोज अर्याल, हरिस निरौला, गीता अधिकारी, सुस्मिता कुँवरलगायत कलाकारको पनि अभिनय रहेको छ ।

निर्देशक दीपकप्रसाद आचार्य ‘काकु’को चलचित्र ‘चिरञ्जीवी भवः’ माघ १ गतेबाट रिलिज हुँदैछ । जिग्री इन्टरटेनमेन्ट र प्रिमियर प्रोडक्सनको प्रस्तुतिमा निर्माण भइरहेको चलचित्र अहिले पोस्ट प्रोडक्सनमा छ ।

कुमार कट्टेलले तयार पारेको कथाको लेखनमा भने सविन अधिकारी र वसन्त न्यौपाने रहेका छन् । सोसल ड्रामा ‘चिरञ्जीवी भवः’ले दुई पुस्ताबीचको वैचारिक भिन्नता र सम्बन्धको कथालाई मुख्य विषयवस्तु बनाएको छ ।

उमेशकुमार बराल र चिरन के.सी. निर्माता रहेको चलचित्रमा गजित विष्ट र शैलेश खत्री कार्यकारी निर्माताका रूपमा रहेका छन् । चलचित्रमा शिवराम श्रेष्ठको छायांकन, मित्र डी. गुरुङको सम्पादन छ । बाबु गिरी, सुशान्त गौतम, निरन्जन थापा र समीर खरेलको संगीत रहेको छ ।

गम्भीर विष्ट र किरण थापाले नृत्य निर्देशन गरेका छन् । रामबाबु खड्का प्रमुख सहायक निर्देशकका रूपमा रहेका छन् भने सहायक निर्देशकहरूमा सागर बोहोरा, नेत्रबहादुर राउत र लक्ष्मी पौडेल छन् ।

यो पनि पढ्नुहोस् :  बिग मुभिजमा अब अन्तर्राष्ट्रियस्तरको सुविधा अनुभव गर्न पाइने

सिनेमामा प्रोजेक्ट म्यानेजरका रूपमा सुवास राज काफ्ले रहेका छन् भने प्रोडक्सन डिजाइनर विशाल न्यौपाने छन्। यो चलचित्र माघ १ गतेबाट देशभरका हलहरूमा प्रदर्शनमा आउनेछ । यसलाई रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्म्सले देशव्यापी वितरण गर्ने भएको छ । डिजिटल पार्टनरमा ओएसआर डिजिटल छ ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 8   +   3   =