तिहारका लागि पोखरा आइपुगे भेँडाच्याङ्ग्रा

गण्डकी- तिहारका लागि मुस्ताङ, डोल्पा, मुगुलगायत हिमाली भेगबाट भेँडाच्याङ्ग्रा लिएर व्यापारी पोखरा झरेका छन् । बिक्रीका लागि पोखरा महानगरपालिका–१ सिमपानीमा भेँडाच्याङ्ग्रा राखिएको छ । दसैँको तुलनामा तिहारमा कम सङ्ख्यामा भेँडाच्याङ्ग्रा ल्याउने गरिन्छ ।
मुस्ताङको जोमसोमका व्यापारी पेम्बा छिरिङले तिहारका लागि ७०० च्याङ्ग्रा पोखरा भित्रिएको बताउनुयो । “मुस्ताङबाट बाहिरिएका एक हजार २०० च्याङ्ग्रामध्ये ५०० काठमाडौँ र ७०० च्याङ्ग्रा पोखरा ल्याइएको छ”, उहाँले भन्नुभयो ।
उहाँका अनुसार रोज्जा च्याङ्ग्राको मूल्य रु ४० हजार पर्छ । त्योभन्दा कम मूल्यका च्याङ्ग्रा बथानमा छन् । छिरिङले साथी निरज थकालीसँग मिलेर तिहारका लागि ५५ वटा च्याङ्ग्रा पोखरा ल्याएको बताउनुभयो । दसैँमा तीनसय बढी च्याङ्ग्रा बेचेको उहाँले सुनाउनुभयो ।
“दसैँमा च्याङ्ग्राको राम्रो व्यापार भयो, फूलपातिपछि त माग पुर्याउनै नसक्ने अवस्था आएको थियो,” छिरिङले भन्नुभयो, “तिहारमा च्याङ्ग्राको माग स्वभाविक रूपमा कम हुन्छ, तर अघिल्ला वर्षको तुलनामा यसपटक पोखरामा बढी सङ्ख्यामा भेँडाच्याङ्ग्रा भित्रिएका छन् ।”
अहिले सिमपानीका सात-आठ ठाउँबाट भेँडाच्याङ्ग्राको बिक्रीवितरण भइरहेको छ । मुगुको छायाँनाथ रारा नगरपालिका–६ का उदीम भाम पनि भेँडाच्याङ्ग्रा लिएर सुर्खेत हुँदै पोखरा आइपुग्नुभएको छ । उहाँकोमा अधिकांश भेँडा र साँढ छन् । केही च्याङ्ग्रा छन् । मुगुदेखि चार दिन लगाएर पोखरा आइपुगेको भामले बताउनुभयो ।
“दसैँमा च्याङ्ग्रा ल्याएर बेचेको हो, यसरी पोखरा आउन थालेको पाँच-छ वर्षजति भयो,” उहाँले भन्नुभयो, “गत वर्ष केही घाटा खानुपर्यो, अहिलेको दसैँमा राम्रै व्यापार भयो, तिहारको आम्दानी कस्तो हुन्छ हेरौँ ।”
दसैँ–तिहारका बेला एउटा व्यापारीले डेढ÷दुई लाखसम्म कमाइ गर्ने गरेको उहाँको भनाइ छ । टाढादेखि च्याङ्ग्रा ल्याउनुपर्दा ढुवानी, खाना र बासमा धेरै खर्च हुने गरेको व्यापारी बताउँछन् । भेँडा च्याङ्ग्राको व्यापारबाट आफ्नो पुस्तैनी पेशा धानिनुका साथै चाडबाडका बेला उपझोक्ताको रोजाइ पनि पूरा हुने उनीहरु बताउँछन् । डोल्पाका सन्तोष धराला पनि १५० च्याङ्ग्रा लिएर बेच्नका लागि पोखरा झर्नुभएको छ ।
“चाडबाडमा च्याङ्ग्रा बेच्न पोखरा आउन थालेको तीन वर्ष भयो”, उहाँले भन्नुभयो, “च्याङ्ग्राका लागि घाँस र चरण क्षेत्र पाइने भएकाले पोखरामा सहज पनि छ ।” आफ्नो मुख्य पेशा नै यही भएकाले घाटानाफा जेजस्तो हुँदा पनि च्याङ्ग्रा व्यापारलाई निरन्तरता दिँदै आएको धरालाले बताउनुभयो ।
दसैँ–तिहारका बेला कतिपय बाहिरी जिल्लाका व्यापारी पनि च्याङ्ग्रा लिन मुस्ताङ पुग्ने गर्छन् । मुस्ताङको जोमसोम, कागबेनी, चमरलगायत ठाउँमा पुगेर व्यवसायीले च्याङ्ग्रा ल्याउँछन् । त्यहाँबाट म्याग्दी, बागलुङ, पर्वत हुँदै पोखरा ल्याइपु¥याउन हप्तादिनसम्म लाग्छ । मुस्ताङी च्याङ्ग्रा पोखरा हुँदै काठमाडौँसम्म पुग्ने गरेको छ । मुस्ताङदेखि बागलुङ, पोखरा हुँदै काठमाडौँसम्म ट्रकमा च्याङ्ग्रा लाने गरिए पनि केही व्यापारीले भने हिँडाएर पोखरासम्म ल्याउने गरेका छन् ।
लामो र कठिन यात्रा तय गरेर उनीहरुले च्याङ्ग्रा सहर भित्र्याउँछन् । मासुजन्य अरु परिकार बाह्रैमास पाइने भएपनि च्याङ्ग्राका लागि भने उपभोक्ताले दसैँ र तिहार नै कुनुपर्छ । विशेष गरी दसैँका बेला च्याङ्ग्राको मासु उपभोक्ताको बढी रोजाइमा पर्ने गरेको छ । हिमाली हावापानीमा जडीबुटी खाएर हुर्केको हुनाले च्याङ्ग्रा स्वादिष्ट र स्वस्थ्यकर मानिन्छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
खेलकुद२०८३ कार्तिक २२, शनिबार १६:४५लुम्बिनी लायन्सले टस जितेर काठमान्डु गुर्खाजलाई ब्याटिङको निम्तो
कला, विचार/मनोरञ्जन२०८३ कार्तिक २२, शनिबार ०९:४९काग सम्मेलनको २३औँ संस्करण सम्पन्न, रमेश दुलालले भेला पारे सयौँ काग
समाचार२०८३ कार्तिक २२, शनिबार ०६:११विपी राजमार्गः जाइकाले सुरु गर्यो पुनःनिर्माण
समाचार२०८३ कार्तिक २२, शनिबार ०६:०१तिहारका लागि पोखरा आइपुगे भेँडाच्याङ्ग्रा








