आज भाइटीका, पूर्वान्न ११:०७ बजे उत्तम साइत

पाेखरा । यमपञ्चकको अन्तिम दिन आज देशभर भाइटीका पर्व मनाइँदैछ। कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने यस पर्वमा दिदीबहिनीले दाजुभाइको दीर्घायु, सुस्वास्थ्य र समृद्धिको कामना गर्दै सप्तरङ्गी टीका तथा फूलमाला लगाइदिने परम्परा छ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष भाइटीकाको उत्तम साइत पूर्वान्न ११ बजेर ७ मिनेटमा रहेको छ। यद्यपि सर्वसाधारणले दिनभर टीका लगाउन सक्ने समितिले जनाएको छ।
यस वर्ष टीका लगाइदिने दिदीबहिनी पूर्व र लगाउने दाजुभाइ पश्चिम फर्कनुपर्ने समितिको सुझाव छ। भाइटीकाका दिन दियो, कलश, गणेश, अष्टचिरञ्जीवी, यमराज र यमुनाको पूजा गर्ने चलन छ।
दिदीबहिनी नहुनेहरूका लागि काठमाडौंको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिर आज दिनभर खुला रहनेछ। त्यस्तै जयवागेश्वरीस्थित खञ्जनेश्वर महादेव मन्दिरमा पनि पूजा तथा दर्शन गरी टीका लगाउने परम्परा छ।
नेवार समुदायले भाइटीकालाई किजापूजाका रूपमा मनाउने गर्छन्। यस पर्वले दाजुभाइ र दिदीबहिनीबीचको प्रेम, सद्भाव र आत्मीयतालाई प्रगाढ बनाउने विश्वास गरिन्छ।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=23046, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ कार्तिक २७, बिहीबार १०:४९पोखरामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १२ जना घाइते
समाचार२०८३ कार्तिक २६, बुधबार १०:३३ममता काफ्ले हत्या प्रकरण : पति नरेश भट्ट दोषी ठहर
समाचार२०८३ कार्तिक २६, बुधबार ०८:३३दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, तीन जना गम्भीर घाइते
समाचार२०८३ कार्तिक २६, बुधबार ०८:२६आज भाइटीका, पूर्वान्न ११:०७ बजे उत्तम साइत






