एनपीएलमा आज दुई खेल: विराटनगर–पोखरा र कर्णाली–लुम्बिनी भिड्दै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आज दुई खेल हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेलमा चार टोलीले प्रतिस्पर्धा गर्नेछन् ।
आजको पहिलो खेलमा दिउँसो साढे १२ बजे विराटनगर किंग्स र पोखरा एभेन्जर्स आमनेसामने हुनेछन् । जारी प्रतियोगितामा पाँच खेल खेलेको विराटनगरले दुई खेलमा जित र तीन खेलमा हार बेहोरेको छ । ४ अंकसहित टोली अंक तालिकाको छैटौँ स्थानमा रहेको छ ।
यता पोखरा एभेन्जर्सले पाँच खेलमध्ये एक खेलमा मात्रै जित निकाल्न सकेको छ । चार खेलमा पराजित भएको पोखरा अंक तालिकाको अन्तिम स्थानमा छ । त्यसैले आजको खेल दुवै टोलीका लागि अंक सुधार गर्ने अवसर हुनेछ ।
आजै हुने दोस्रो खेलमा दिउँसो साढे ४ बजे कर्णाली याक्स र लुम्बिनी लाइन्सबीच प्रतिस्पर्धा हुनेछ ।
पाँच खेल खेलेको कर्णालीले दुई खेलमा जित र तीन खेलमा हार बेहोर्दै अंक तालिकाको सातौँ स्थानमा रहेको छ ।
अर्कोतर्फ लुम्बिनी लाइन्सले पाँच खेलबाट तीन जित, एक हार र वर्षाका कारण एक खेल रद्द हुँदा अंक बाँडेको छ । लुम्बिनी अंक तालिकाको तेस्रो स्थानमा रहेको छ ।
आजका दुवै खेलले टोलीहरूको अंक तालिकामा रहेको स्थान र आगामी चरणको सम्भावनालाई प्रभाव पार्नेछ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
खेलकुद२०८३ कार्तिक ३०, आईतवार २१:३५राइजिङ स्टार्स एसिया कपका लागि सन्दीपको कप्तानीमा नेपाली टोली घोषणा
समाचार२०८३ कार्तिक ३०, आईतवार १९:२५अस्ताउँदो सूर्यलाई अर्घ दिएर ‘सझिया अरख’ विधि सम्पन्न
कला, विचार/मनोरञ्जन२०८३ कार्तिक ३०, आईतवार १६:५९चलचित्र ‘फ्रेन्च किस’ को टिजर सार्वजनिक » Celebrity Nepal
कला, विचार/मनोरञ्जन२०८३ कार्तिक ३०, आईतवार ११:५६मंसिर ११ मा आउने चलचित्र ‘ककाकिकी’ को ट्रेलर सार्वजनिक









