फोनिज युवा पत्रकारिता पुरस्कारको छनोट समिति गठन, संयोजकमा रुद्र श्रीषमगर

फोनिज युवा पत्रकारिता पुरस्कारको छनोट समिति गठन, संयोजकमा रुद्र श्रीषमगर

पोखरा । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) कास्कीले प्रदान गर्दै आएको मेजर लक्ष्मीप्रसाद र हुमकुमारी गुरुङ एमभिओ बिइएम सेकेन्ड जिआर युवा पत्रकारिता पुरस्कार–२०८३ का लागि छनोट समिति गठन गरेको छ।

फोनिज गण्डकीका इन्चार्ज रुद्र श्रीषमगरको संयोजकत्वमा गठित समितिको सदस्यमा फोनिज गण्डकीका अध्यक्ष खिमाकुमारी गुरुङ, उपाध्यक्ष सुमन गुरुङ, फोनिज कास्कीका अध्यक्ष बिनुकुमारी थापा र सचिव देविका तामाङ रहेका छन्।

मेजर लक्ष्मीप्रसाद र हुमकुमारी गुरुङको वैवाहिक वर्षगाँठको अवसरमा स्थापना गरिएको उक्त पुरस्कार आदिवासी जनजाति समुदायका क्रियाशील युवा पत्रकारलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रदान गरिँदै आएको छ।

फोनिज कास्कीले २०८२ सालदेखि यो पुरस्कार प्रदान गर्न थालेको हो। पहिलो वर्ष कास्कीका क्रियाशील पत्रकार सुमन गुरुङ पुरस्कृत भएका थिए।

आदिवासी जनजातिका हक, अधिकार र पहिचानका सवाललाई पत्रकारितामार्फत उजागर गर्दै कम्तीमा पाँच वर्षदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील युवा पत्रकारलाई सम्मान तथा प्रोत्साहन गर्ने उद्देश्यले पुरस्कार स्थापना गरिएको हो। यस वर्षको पुरस्कार आगामी मंसिर ३ गते वितरण गरिने फोनिज कास्कीका अध्यक्ष बिनुकुमारी थापाले जानकारी दिइन्।

पुरस्कारका संस्थापक मेजर लक्ष्मीप्रसाद गुरुङ सामाजिक क्षेत्रमा समेत सक्रिय छन्। उनी द गोर्खाज बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष, गल्फ संघ कास्की तथा गोर्खा कम्युनिटी कास्की नेपालका संस्थापक अध्यक्ष हुन्।

उनी विभिन्न सामाजिक संघसंस्थामा आबद्ध रहनुका साथै विगत १८ वर्षदेखि गोर्खा अभियान र सामाजिक कार्यमा सक्रिय छन्।उनले बेलायत र ब्रुनाईमा ४२ वर्ष सेवा गरेका थिए।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=23072, citypokhara.com

लेखकको बारेमा

सिटी पाेखरा डटकम
लेखकसँग सम्बन्धित खबरहरु
यो पनि पढ्नुहोस् :  सर्वोच्च अदालतमा ४ जना न्यायाधीश नियुक्त

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 0   +   5   =