रोहितको अर्धशतकमा उपाधि जित्न नेपालले दियो गुजरातलाई १७७ रनको लक्ष्य

काठमाडौं,२५ चैत । कप्तान रोहितकुमार पौडेलको अर्धशतकप्रेरित नेपालले एसएमएस फ्रेन्डसिप कपको फाइनलमा गुजरात क्रिकेट एसोसिएसनसामु १७७ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
आइतबार भारतको वापीमा टस जितेर ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभरमा चार विकेट गुमाएर १७६ रन बनायो ।
नेपालका लागि रोहित पौडेलले कप्तानी पारी खेले। उनले सर्वाधिक ७४ रन बनाउँदा क्याच आउट भए। रोहितले ४७ बलमा ५ चौका र ४ छक्का प्रहार गर्दै आक्रामक पारी खेलेका थिए।
ओपनर आशिफ शेख ३४ र कुशल भुर्तेल १९ रन बनाएर आउट भए। दीपेन्द्र सिंह ऐरी ७ रनमा क्याच आउट भए। कुशल मल्ल ३१ र सन्दीप जोरा ७ रनमा नटआउट रहे।
गुजराताका लागि जयमित, शेन पटेल, तेजस पटेल र जला युवराजसिंहले समान एक-एक विकेट लिए। गुजरातले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ पुष १५, मंगलवार २१:३६भारतको औद्योगिक उत्पादनमा उल्लेखनीय वृद्धि
कला, विचार/मनोरञ्जन२०८२ पुष १५, मंगलवार २१:२२नेपाली चलचित्रको डिजिटाइजेशनका लागि चलचित्र विकास बोर्डद्वारा आवेदन आह्वान
समाचार२०८२ पुष १५, मंगलवार १९:४१एमाले–काँग्रेसबाहेक अरुले सरकार बनाउनै सक्दैनन् : अध्यक्ष ओली
कला, विचार/मनोरञ्जन२०८२ पुष १५, मंगलवार ११:२४‘प्यारी छोरी’ भन्दै आए पुश्पल








