Home कला, विचार/मनोरञ्जन नयाँ बर्षको अवसर पारेर चलचित्र ‘भिजिट भिसा’ निर्माणको घोषणा

नयाँ बर्षको अवसर पारेर चलचित्र ‘भिजिट भिसा’ निर्माणको घोषणा

3
0

काठमाडौं । नयाँ वर्ष २०८१ सालको अवसर पारेर नयाँ सिनेमा ‘भिजिट भिसा’ निर्माणको घोषणा गरिएको छ । छत्रेश्वरी म्यानेजमेन्टको ब्यानरमा निर्माण हुने सिनेमा पारिवारिक सोसल ड्रामामा बन्नेछ । सिनेमाले पछिल्लो समय लर्को लागेर विदेश जाने प्रवृत्तिलाई पेस गर्ने निर्माण पक्षले जानकारी दिएको दिएको छ ।

मोती बिष्ट प्रस्तुतकर्ता रहेको यो सिनेमाको निर्माता टोपेन्द्र बिष्ट हुन् । बिराज बिष्टको कथा रहने सिनेमामा यम थापाको पटकथा रहेको छ । बिराजले यसअघि सिनेमा ‘बुलाकी’ निर्माण गरेका थिए । सिनेमाले चलचित्र विकास बोर्डले आयोजना गरेको ‘राष्ट्रिय चलचित्र पुरस्कार २०८०’ मा विशेष फिल्मको अवार्ड समेत पाएको थियो ।

सिनेमाका लागि निर्देशक र कलाकारहरू भने तय गरिएको छैन । निर्माण टिमका अनुसार छिट्टै नै कलाकार र निर्माण टिम सार्वजनिक गरिनेछ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
Previous articleकतारविरुद्ध नेपालको राम्रो ब्याटिङ, आशिफले हिर्काए अर्धशतक
Next articleनयाँ वर्षका अवसरमा शुभकामना आदानप्रदान एवम् शैक्षिक सामाग्री सहयोग

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here