Home कला, विचार/मनोरञ्जन दयाहाङको जन्मदिनमा ‘डिग्री माइला’को शीर्ष गीत सार्वजनिक

दयाहाङको जन्मदिनमा ‘डिग्री माइला’को शीर्ष गीत सार्वजनिक

3
0

काठमाडौँ। शुक्रबारबाट प्रदर्शनमा आएको दयाहाङ राई स्टारर ‘डिग्री माइला’ले राईंको जन्मदिन पारेर सिनेमाको शीर्ष गीत रिलिज गरेको छ। सिनेमाको ‘म डिग्री माइला हो’ बोलको गीत सिनेमाले सार्वजनिक गरेको हो।

आज सिनेमा रिलिजको दोश्रो दिन हो। बिहानैदेखि सिनेमाले हाउसफूल व्यापार गरिरहेको जानकारी निर्माणपक्षले दिएको छ। सार्वजनिक गीतमा पवन गिरीको स्वर रहेको छ भने संगीत झूमा लिम्बुले तयार पारेकी हुन्। गीतमा स्वपनिल स्मृतिको शव्द रहेको छ। गीतमा डिग्री माइला बनेका दयाहाङ राई तथा ‘मुना’को भूमिकामा रहेकी आँचल शर्मालाई फिचर गरिएको छ।

भिडियो सिनेमाको थिममा आधारित भएर तयार पारिएको छ। रामबाबु गुरुङ निर्देशित सिनेमाले आफ्नो शैक्षिक डिग्रीको अहमताले भरिएको पात्र र समाजले ऊप्रति राख्ने अपेक्षा र सोका कारण उत्पन्न परिस्थितिको कथा पेस गर्छ। सिनेमामा दया र आँचलका अलावा प्रकाश घिमिरे, बुद्धि तामाङ, माओत्से गुरुङ, विजय बराल आदिको प्रमुख भूमिका रहेको छ। बाँसुरी फिल्मस्ले कबड्डी फिल्मस् तथा सुस्मा फिल्मस्सँग मिलेर निर्माण गरेको सिनेमाका निर्माताहरु विशाल गुरुङ, मणिराम पोखरेल, मधु मिजार तथा सुष्मा गुरुङ रहेका छन् ।

सिनेमाका कार्यकारी निर्माता क्रिश लामा हुन् । सिनेमामा निमेष श्रेष्ठको सम्पादन तथा रोहित शाक्यको ब्याकग्राउण्ड म्यूजिक रहेको छ । यस्तै सिनेमालाई दुई क्यामराम्यान शिवराम श्रेष्ठ तथा राइली एस शिनले खिचेका छन् ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
Previous articleकतारविरुद्ध ब्याटिङ गर्दै नेपाल
Next articleकतारविरुद्ध नेपालको राम्रो ब्याटिङ, आशिफले हिर्काए अर्धशतक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here