धादिङमा थपिए ११ जना डेंगु संक्रमित

धादिङ,०९ असोज ।
धादिङका थप ११ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । मंगलबार बेनीघाट रोराङ गाउँपालिकाका ५ जना, नीलकण्ठ नगरपालिकाका ४ जना, सिद्धलेक र रुवीभ्यालीका १/१ जनामा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य कार्यालय धादिङको तथ्याङक अनुसार हालसम्म धादिङका ३१ सय ४१ जना डेंगु संक्रमित भइसकेका छन् । जसमा १६ सय २३ जना महिला र १५ सय १८ जना पुरुष रहेका छन् । कुल संक्रमित मध्ये नीलकण्ठ नगरपालिका मात्रै २५ सय ८३ संक्रमित रहेका छन् ।
त्यसैगरीे ज्वालामुखी गाउँपालिकामा १३८ जना, सिद्धलेकमा ११७ जना, बेनीघाट रोराङमा ८१ जना, त्रिपुरासुन्दरीमा ६७ जना, गजुरीमा ३४ जना, गंगाजमुनामा २७ जना, खनियावासमा २० जना, रुवीभ्यालीमा १९ जना, नेत्रावती डबजोङमा १७ जना, धुनीबेशीमा १३ जना, गल्छीमा ११ जना, र थाक्रे गाउँपालिकामा १ जना संक्रमित रहेका छन् ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८२ कार्तिक २३, शनिबार १०:५२चलचित्र ‘प्रतिवैरम’ को छायांकन सम्पन्न
कला, विचार/मनोरञ्जन२०८२ कार्तिक २३, शनिबार ०८:१६‘चलचित्र पत्रकार इतिहास देखि वर्तमान सम्म’ लोकार्पित
स्वास्थ्य/जानकारी टिप्स२०८२ कार्तिक २३, शनिबार ०७:३१तनहुँमा पहिलो पटक बालबालिकालाई ‘स्वर्णविन्दु प्राशन’
स्वास्थ्य/जानकारी टिप्स२०८२ कार्तिक २३, शनिबार ०७:२७‘थानकोटमा करिव एक अर्बमा प्रसूति तथा स्त्रीरोग विशेषज्ञ अस्पताल निर्माण गर्न ‘ग्लोबल टेण्डर’ प्रक्रिया अगाडि बढ्यो’








