राज्यकाे अर्बाैँ रकम बचत हुनेगरी सफ्टवेयरकाे लागि छुट्टै कार्यालय खोल्दै सरकार

काठमाडौं । सरकारले देशभरिका सबै सरकारी कार्यालयहरूमा प्रयोग हुने सफ्टवेयर बनाउने गरी छुट्टै कार्यालय गठन गर्ने तयारी गरेकाे छ। मन्त्रिपरिषद् तथा प्रधानमन्त्री कार्यालयमातहतमा रहनेगरि छुट्टै कार्यालय गठन गर्ने तयारी भइरहेको प्रधानमन्त्री कार्यालयका एक कर्मचारीले जानकारी दिए ।
उनका अनुसार सम्भवतः आगामी साउनदेखि सञ्चालनमा ल्याइनेछ ।
हाल सबै सरकारी कार्यालयले निजी क्षेत्रबाट सफ्टवेयर खरिद गर्ने गर्छन्। यसबाट एक वर्षमा २० अर्बभन्दा बढी रुपैयाँ सरकारको खर्च हुने गरेको छ। सरकारी कार्यालयमा सरकारले आफैं सफ्टवेयर बनाएमा २० अर्ब रुपैयाँबाट दुई अर्बमा झर्ने प्रधानमन्त्री कार्यालयको अनुमान छ । स्रोतका अनुसार नयाँ गठन हुन लागेको कार्यालयको नाम सफ्टवेयर विकास तथा सञ्चालन केन्द्र हुनेछ।
उक्त कार्यालय गठन तथा सञ्चालनका लागि कार्यविधिको मस्यौदा तयार भइसकेको र चाँडोभन्दा उक्त मस्यादा पास गर्ने तयारी छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ असार १२, शुक्रबार १३:३५नीताको निर्देशनमा बनेको ‘पार्वती’को रत्यौली गीत ‘नौतुना रेलैमा’ सार्वजनिक
सूचना-प्रविधि२०८३ असार १२, शुक्रबार १२:०७राज्यकाे अर्बाैँ रकम बचत हुनेगरी सफ्टवेयरकाे लागि छुट्टै कार्यालय खोल्दै सरकार
खेलकुद२०८३ असार १२, शुक्रबार ०९:०७जापान र स्विडेन नकआउट चरणमा « रिपोर्टर्स नेपाल
कला, विचार/मनोरञ्जन२०८३ असार १२, शुक्रबार ०७:५७राजु शाहको निर्देशनमा बनेको चलचित्र ‘जाँड’ प्रदर्शनमा









