जल्पादेवी महिला उद्धार समुहको अध्यक्षमा दुर्गा अधिकारी

पोखरा I जल्पादेवी महिला उद्धार समुह पोखरा ८ को अध्यक्षमा दुर्गा अधिकारी चयन हुनुभएको छ । समूहको बिहाबार भएको ९ औँ अधिवेशन तथा २६ औँ बार्षिक साधरणसभाले अधिकारीको नेतृत्वमा १५ सदस्यि नयाँ कार्य समिति चयन गरेको छ । नवनिर्वाचित अधिकारीले सस्थाप्रति सहयोग गर्ने सबैमा धन्यवाद व्यक्त गर्नुभयो ।
कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिकाका वडा नं ८ का वडा अध्यक्ष रुद्रनाथ बरालले जल्पादेवी महिला समुहले समाजमा गरेका कामको खुलेर प्रशंसा गर्नुभयो । कार्यक्रममा सृजना विकास केन्द्रका अध्यक्ष बिष्णुप्रसाद बराल, सृजना महिला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सुष्मा बराल, समुहका निर्वतमान अध्यक्ष कान्ति अधिकारी, पुर्व अध्यक्ष तथा सल्लाहकार पोखरा ८ का महिला सदस्य पवित्रा के.सी, समूहका संस्थापक अध्यक्ष सारदा सुवेदी, जल्पादेवी बहुउद्धेश्यीय विकास समितिका उपाध्क्षय शान्ति सिक्देल, रेडियो सराङकोटका प्रमुख कृष्ण थापा लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रममा समूहका कोषाध्क्षय सुनिता बरालले आर्थिक प्रतिवेदन, सचिव अमृता गिरीले वार्षिक कार्य प्रगती विवरण प्रस्तुत गर्नुभएको थियो । समूहका अध्यक्ष राधिका थापाको अध्क्षयतामा सञ्चालन भएको कार्यक्रममा स्वागत मन्तब्य उपाध्यक्ष दुर्गा अधिकारीले र कार्यक्रमको सञ्चालन समूहका सचिव अमृता गिरीले गर्नुभएको थियो ।
लेखकको बारेमा

- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ असार २२, आईतवार १७:३१कर र नीतिगत व्यवस्थाविरुद्ध सुनचाँदी व्यवसायीहरू विरोधमा
समाचार२०८२ असार २२, आईतवार १६:३५राष्ट्रपति पौडेलद्वारा राष्ट्रिय तथा सैनिक सङ्ग्रहालयको अवलोकन
कला, विचार/मनोरञ्जन२०८२ असार २२, आईतवार १४:४५‘एक्लो’को फर्स्टलुक भिडियो सार्वजनिक, कान्स मार्केट पछि चर्चा चुलिँदै
समाचार२०८२ असार २२, आईतवार ०९:२२भोजपुरमा एकै घरका चार जनाको हत्या