संस्कृत युवा मञ्च नेपालद्वारा मन्दिर सरसफाई

पोखरा । संस्कृत युवा मञ्च नेपालले आफ्नो नियमित कार्यक्रम अन्तर्गत पोखरा १९ लामाचौर स्थित अकलादेवी मन्दिर र अकलादेवी तथा लक्ष्मीनारायण मन्दिर परिसरमा सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ । संस्थाका सह-सचिव लक्ष्मण पौडेलको संयोजकत्वमा खटिएको युवा मञ्चलाई स्थानीय व्यक्ति र मन्दिर व्यवस्थापन समितिले सरसफाइ अभियानमा साथ दिएका थिए । सरसफाइ अभियानको उद्घाटन गर्दै अकलादेवी मन्दिर क्षेत्र विकास समितिका अध्यक्ष बाबुराम गौतमले युवा मञ्चले यसरी धार्मिक क्षेत्रहरूको सरसफाइ अभियान चलाएकोमा खुसी व्यक्त गर्नुभयो ।

त्यस्तै अकलादेवी तथा लक्ष्मीनारायण मन्दिर व्यवस्थापन समितिका अध्यक्ष रामचन्द्र आचार्यले युवा मञ्चले गरेका धार्मिक एवं सामाजिक कार्यहरूको स्मरण गर्दै यस्ता अनुकरणीय कार्यहरूमा आफ्नो साथ तथा सहयोग सदैव रहने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।
सरसफाइ अभियानमा सहयोग तथा साथ दिनु हुने सबैमा धन्यवाद व्यक्त गर्दै संस्थाका अध्यक्ष विश्वराज सापकोटाले यसरी प्राप्त सहयोगले संस्थालाई थप उर्जा र हौसला प्राप्त भएको कुरा सहित कार्यक्रम समापन गरिएको संस्थाका सचिव दिवाकर पौडेलले जानकारी गराउनुभयो ।


लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८२ माघ २८, मंगलवार २१:१५चलचित्र विकास बोर्डद्वारा एकहप्ते घोडचढी तालिम सञ्चालन
समाचार२०८२ माघ २८, मंगलवार २०:२०फागुन ३ गतेभित्र निर्वाचन घोषणापत्र सार्वजनिक गर्न आयोगको निर्देशन
स्वास्थ्य/जानकारी टिप्स२०८२ माघ २८, मंगलवार १६:२१गण्डकीमा २१ हजार किशोरीलाई ‘एचपिभी’ खोप लगाइने
कला, विचार/मनोरञ्जन२०८२ माघ २८, मंगलवार १५:२९निखिल उप्रेती–वर्षा सिवाकोटीको फिल्म ‘कस्तुरी’को छायाङ्कन सुरु








