खनियाबास गाउँपालिकाको नवनिर्मित प्रशासकिय भवन उद्घाटन

धादिङ, २८ बैशाख ।
धादिङको खनियाबास गाउँपालिकाको नवनिर्मित प्रशासकिय भवन उद्धघाटन गरिएको छ । शनिबार उप–प्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान शिंहले उद्धघाटन गर्नुभएको हो ।
भवनको उद्धघाटन गर्नुहुँदै मन्त्री सिंहले ग्रामीण तहमा पूर्वाधार विकासले जनसेवामा सहजता ल्याउने विश्वास व्यक्त गर्नुभएको छ। जनताको सेवा सहज र छिटो बनाउन स्थानीय तहहरूलाई सबल बनाउने अभियान अन्तर्गत देशभर पूर्वाधार निर्माण भइरहेको बताउनुभयो ।
गाउँपालिका अध्यक्ष रणबहादुर तामाङले गाउँपालिकाको भवन अत्याधुनिक प्रविधियुक्त सुविधासहित निर्माण गरिएको बताउनुभयो । उहाँले भवनमा प्रशासनिक कार्य सञ्चालनका लागि कार्यालय कक्ष, सभाकक्ष, सूचना कक्ष, र नागरिक सेवाका अन्य आवश्यक सुविधाहरू समेटिएको जानकारी दिनुभयो ।
कूल ३ करोड ३२ लाख २७ हजार चार सयमा ठेक्का खोलिएकोमा २ करोड ७५ लाखमा निर्माण सम्पन्न भएको हो । जिल्ला समन्वय समिति धादिङको ६० र गाउँपालिकाको ४० प्रतिशत लगानी रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत छोइसाङ तामाङले बताउनु भयो । भवन निर्माणका लागि १० जना स्थानीय बासिन्दाले जग्गा निःशुल्क प्रदान गरेका छन् ।




लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ पुष १७, बिहीबार ११:०७सुनसरीको लौकहीमा गोली लागेर एक जनाको मृत्यु
कला, विचार/मनोरञ्जन२०८२ पुष १७, बिहीबार ०७:५६चलचित्र ‘बम बिहारी’को शुभमुर्हुत | Celebrity Nepal
समाचार२०८२ पुष १७, बिहीबार ०७:३०आज १३औँ राष्ट्रिय पोसाक एवं टोपी दिवस
कला, विचार/मनोरञ्जन२०८२ पुष १६, बुधबार २१:४१कलाकार,निर्माता तथा वितरक करण श्रेष्ठ समानुपातिक उम्मेदवारको बन्दसूचीमा







