लायन्स क्लब अफ धादिङ मण्डलीद्वारा विद्यार्थीलाई कपडा वितरण

धादिङ, असार १७ गते
नीलकण्ठ नगरपालिका–७ स्थित कर्णेश्वर माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई लायन्स क्लब अफ धादिङ मण्डलीले कपडा वितरण गरेको छ।
विद्यार्थीहरूको शैक्षिक तथा सामाजिक सहयोगलाई निरन्तरता दिने उद्देश्यले आयोजित कार्यक्रममा विद्यालयमा अध्ययनरत कक्षा ५ का २० जना विद्यार्थीलाई कपडा प्रदान गरिएको हो।
कार्यक्रमको अध्यक्षता लायन्स क्लब अफ धादिङ मण्डलीका अध्यक्ष लायन महेश रिजालले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा रिजनल चेयरपर्सन कृष्ण शिशिरको उपस्थिति रहेको थियो। कार्यक्रममा विद्यालयका प्रधानाध्यापक विष्णु अधिकारी तथा क्लबका प्रेसिडेन्ट इलेक्ट लायन हरिकुमार श्रेष्ठको विशेष उपस्थिति रहेको थियो। साथै, लायन्स क्लबका अन्य पदाधिकारी तथा सदस्यहरूको पनि सहभागिता रहेको थियो।
कार्यक्रममार्फत विद्यार्थीहरूलाई आवश्यक सहयोग प्रदान गर्दै सामाजिक उत्तरदायित्व निर्वाह गर्ने उद्देश्य रहेको क्लबले जनाएको छ। आगामी दिनमा पनि यस्ता सहयोगमूलक तथा सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिइने लायन्स क्लब अफ धादिङ मण्डलीका अध्यक्ष लायन महेश रिजालले जानकारी दिनुभयो।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ श्रावण ६, बुधबार २२:०८निर्देशक सन्तोषले चलचित्र जाँचपासबाट प्राप्त भत्ता कलाकार थापाको उपचारमा सहयोग
स्वास्थ्य/जानकारी टिप्स२०८३ श्रावण ६, बुधबार १२:३९चिकित्सा शिक्षा आयोगको निर्देशकका लागि ‘‘सर्टलिस्ट’मा परे १२ जना, को को ?
खेलकुद२०८३ श्रावण ५, मंगलवार २३:४३ला लिगा प्रमुखको आरोपः ‘फिफाले फुटबल उद्योगलाई ध्वस्त पार्दैछ’
खेलकुद२०८३ श्रावण ५, मंगलवार २१:५०नेपाल नामिबियासँग पराजित « रिपोर्टर्स नेपाल









