अनुशासित नागरिक उत्पादन गर्न राज्यले खेल क्षेत्रमा जोड दिनुपर्छः वर्षमान पुन

काठमाडौं, ४ जेठ । पूर्वअर्थमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले खेलाडीहरु अनुशासित र मर्यादित नागरिक भएको बताएका छन् । शनिबार ११औं शंस्करणको सगरमाथा अन्तर्राष्ट्रिय कराते प्रतियोगिताको उदघाटन गर्दै पुनले अनुशासित नागरिक उत्पादनका लागि राज्यले खेल क्षेत्रको विकासमा विशेष ध्यान दिनुपर्ने बताएका हुन् ।
स्वच्छ नागरिक उत्पादनका लागि खेलकुद महत्वपूर्ण, अनिवार्य र जरुरी रहेको उनको भनाइ थियो । खेलाडी भविष्यका राष्ट्र निर्माता र अनुशासित नागरिक भएको पुनले बताए । पुनले नेपाल, भारत, बंगलादेश र कतारका खेलाडी सहभागी प्रतियोगिता मित्र राष्ट्रहरुबीच भाइचारा सम्बन्ध थप विस्तार गर्न फलदायी योगदान पुग्ने बताए । मित्र राष्ट्रहरुबीच हुने खेलले सदभावना अभिवृद्धिका लागि ती देशका नागरिकहरुको बीचमा पुलको काम गर्ने उल्लेख गरे ।
नेपाल सितोरियो कराते शाखा डोजो नक्सालको आयोजनामा ललितपुरको सातबोबाटो कराते एकेडेमीमा सुरु प्रतियोगितामा नेपाल, भारत, बंगलादेश र कतारका गरी ५ सय ५५ खेलाडी सहभागी रहेको आयोजकले जनाएको छ । चिल्ड्रेन, क्याडेट, जुनियर र सिनियर समूहमा कूल ५८ स्वर्णका निम्ति प्रतिस्पर्धा हुने आयोजक संस्थाका अध्यक्ष गजेन्द्रबहादुर खपांगीले जानकारी दिए । शनिबार १५ स्वर्ण पदकका लागि भएको प्रतियोगितामा नेपालले ८, भारतले ६ र १ बंगलादेशले एक स्वर्ण जितेको छ ।


लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८२ पुष १४, सोमबार २०:४६च्याउ उत्पादन र व्यापारमा अभिनेता विश्वजित
कला, विचार/मनोरञ्जन२०८२ पुष १४, सोमबार १५:४४नेपाली परिवेशमा आधारित सिट्कम सिरिज ‘लट्ठक’ सार्वजनिक
कला, विचार/मनोरञ्जन२०८२ पुष १४, सोमबार ११:०२आ बाट आमा’को शीर्ष गीतको कभर सङ र अभिनय गर्नुहोस् ५० हजार जित्नुहोस्
समाचार२०८२ पुष १३, आईतवार २१:३७बिचौलिया र गलत पात्रलाई शासनबाट टाढा राखे मात्रै समाज सुध्रिन्छ : मन्त्री शिवराज अधिकारी








