‘मोहर’को शिर्ष गीतमा पल र नीतिको रोमान्टिक जोडी

‘मोहर’को शिर्ष गीतमा पल र नीतिको रोमान्टिक जोडी

काठमाडौं । अभिनेता पल शाह र अभिनेत्री नीति शाहले फिल्म ‘मोहर’ को शिर्ष गीतको छायांकन सम्पन्न गरेका छन्। ‘चाहिदैन मोहर’ बोलको उक्त गीतको छायांकन चितवन र नवलपरासीका रमणीय स्थानमा पाँच दिन लगाएर गरिएको हो।

गीतमा पल र नीति रोमान्टिक शैलीमा प्रस्तुत भएका छन्। थारु संस्कृतिको झल्को दिने दृश्यले गीतमा मौलिकता थपेको निर्माण युनिटको भनाइ छ। सुरेश अधिकारीको संगीत रहेको गीतमा प्रमोद ढुंगानाको शब्द, शरद हुमागाँई र विशाखा साहीको स्वर सुन्न सकिन्छ। गीतको भिडियो रामजी लामिछानेको कोरियोग्राफीमा निर्माण गरिएको हो।

गीत केही सातापछि सार्वजनिक गरिने निर्माण पक्षले जनाएको छ। फिल्म मेकर्स प्रा.लि. को व्यानरमा निर्माण भएको ‘मोहर’ आगामी साउन २३ गतेबाट प्रदर्शनमा आउँदैछ। फिल्मका लेखक तथा निर्देशक ओम प्रतिक हुन् भने निर्माता चुम्बन जंग शाही हुन्।

फिल्ममा पल र नीतिसँगै बेनिशा हमाल, अर्जुन जंग शाही, मिथिला शर्मा, रवीन्द्र झा, लक्ष्मी गिरी र सारा शर्माको अभिनय रहेको छ। दीपेन बस्न्यातको छायांकन, कुमार महर्जनको एक्सन निर्देशन, सुरेश अधिकारी र एसडी योगीको संगीत तथा प्रमोद ढुंगाना र हर्क साउदको गीतले फिल्मलाई भरिपूर्ण बनाएको निर्माण पक्षको दाबी छ।

फिल्मको फस्टलुक तथा केही दृश्य सार्वजनिक भएसँगै दर्शकमाझ प्रतिक्षा बढ्दै गएको छ। निर्माण नियन्त्रक लक्ष्मणराज पौडेल रहेका फिल्ममा गिरिराज घिमिरे मुख्य सहायक निर्देशकको भूमिकामा छन्।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
यो पनि पढ्नुहोस् :  सोम गुरुङको ‘चौंरीको गोठ’ मा सुरेश र रश्मी
लेखकसँग सम्बन्धित खबरहरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 4   +   7   =