फिल्म ‘मोहर’को शीर्ष गीत छायांकन सम्पन्न

फिल्म ‘मोहर’को शीर्ष गीत छायांकन सम्पन्न


काठमाडाै।
नायक पल शाह र नायिका नीति शाहको मुख्य भूमिका रहेको फिल्म ‘मोहर’ को शीर्ष गीत ‘चाहिँदैन मोहर’ को छायांकन सम्पन्न भएको छ। चितवन र नवलपरासीका विभिन्न स्थानमा पाँच दिन लगाएर गरिएको छायांकनमा पल र नीति रोमान्टिक अवतारमा देखिएका छन्।

गीतमा सुरेश अधिकारीको संगीत, प्रमोद ढुंगानाको शब्द र शरद हुमागाँई तथा विशाखा साहीको स्वर रहेको छ। रामजी लामिछानेको कोरियोग्राफीमा तयार भएको गीतमा थारु संस्कृतिको झलक पनि समावेश गरिएको छ। निर्माण पक्षका अनुसार गीत केही हप्ताभित्र सार्वजनिक गरिनेछ। फिल्म मेकर्स प्रा.लि.को ब्यानरमा निर्माण भएको ‘मोहर’ आगामी साउन २३ गतेबाट प्रदर्शनमा आउनेछ। ओम प्रतिकद्वारा लिखित तथा निर्देशित फिल्मका निर्माता चुम्बन जंग शाही हुन्।

फिल्ममा पल र नीतिसँगै बेनिशा हमाल, अर्जुन जंग शाही, मिथिला शर्मा, रवीन्द्र झा, लक्ष्मी गिरी र सारा शर्माको अभिनय रहेको छ। फिल्ममा दिपेन बस्न्यातको छायांकन, कुमार महर्जनको द्वन्द्व निर्देशन, सुरेश अधिकारी र एसडी योगीको संगीत, प्रमोद ढुंगाना र हर्क साउदको गीत छ। गिरिराज घिमिरे मुख्य सहायक निर्देशक तथा लक्ष्मणराज पौडेल निर्माण नियन्त्रक रहेका छन्। फिल्मको फस्टलुक तथा केही दृश्य सार्वजनिक भएसँगै दर्शकमाझ उत्साह देखिएको निर्माण टिमले जनाएको छ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 1   +   8   =  

Protected by Spam Master