‘महाभारत’ हुने भयो अमिर खानको अन्तिम फिल्म

‘महाभारत’ हुने भयो अमिर खानको अन्तिम फिल्म

काठमाडौ। आमिर खान लामो समय पछि फिल्ममा कमब्याक गर्न लागेका छन् । ‘लाल सिंह चड्डा’ फ्लप भएपछि अहिले उनलाई हेर्न फ्यानहरु निकै उत्साहित रहेका छन् । अब उनको सितारे जमीं पर’ छिट्टै आउँदैछ । जसको ट्रेलर केही समय अघि रिलिज भएको थियो, जसलाई फ्यानहरुले अथाह माया दिएका थिए । वास्तवमा उनका आगामी धेरै फिल्ममा काम भइरहेको छ ।

उनको एउटा ड्रीम प्रोजेक्ट पनि छ– महाभारत। जसको बारेमा उनले अपडेट दिएका छन् । साथै पछिल्लो फिल्मको बारेमा के भनेका छन, त्यो पनि थाहा पाउनुहोस्  ।हालै राज शामानीलाई दिएको अन्तर्वार्तामा आमिर खानले धेरै विषयमा कुरा गरेका छन् । जहाँ उनले आफ्नो लभ लाइफ, फिल्म र आफ्नो अन्तिम फिल्मको बारेमा अचम्मको कुरा बताएका छन् । महाभारत उनको अन्तिम फिल्म हो ? उनले आफैंले सबै सत्य भनेका छन्।

भर्खरै आमिर खानलाई उनको अन्तिम फिल्मको बारेमा सोधिएको थियो । यसै क्रममा उनले भने, ‘मेरो सपना महाभारत बनाउने हो र ‘सितारे जमीं पर’ रिलिज भएपछि काम सुरु गर्नेछु। अब जुन २० पछि महाभारतको काम सुरु गर्नेछु। मलाई लाग्छ यो एउटा काम हो, यो एउटा परियोजना हो, जसलाई गरेपछि म यसपछि केही गर्न सक्दिनँ भन्ने लाग्न सक्छ । किनकी त्यो सामाग्री यस्तै छ ।’

उनी थप भन्छन्, ‘त्यो परियोजना यस्तो छ कि यो निकै ठूलो छ, यसको स्केल छ, भावना छ। संसारमा जे छ, सबै महाभारतमा पाउनु हुनेछ। त्यसैले जब मैले अन्तिम कुरा के होला भनेर सोध्दा जसले पनि भन्छन्, म काम गर्दै गर्दा मर्न चाहन्छु, हामी सबै यही चाहन्छौं।  तर एउटै कुरा छ, मलाई लाग्छ कि यो गरेपछि ममा भावना आउनु पर्छ कि मैले केहि गर्नु पर्दैन सायद।’

‘सितारे जमीं पर’ बाहेक उनी सनी देओलको फिल्ममा काम गरिरहेका छन् । ‘लाहोर १९४७’ मा उनको केमियोको खबर छ । महाभारतमा कामका लागि  हालै अल्लु अर्जुन उनको फिल्ममा आउने खबर आएको थियो । यी दुईको एक तस्बिर आएपछि यो हल्ला बाहिर आएको हो । तर, महाभारतपछि अभिनेताले अब फिल्म गर्न नचाहने हो भने छाडिदिने सोचेका थिए । जसको संकेत उनी आफैले दिएका छन् । उनले यस फिल्ममा भगवान कृष्णको भूमिका निर्वाह गर्ने बताइएको छ ।


लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 2   +   3   =  

Protected by Spam Master