सकियो हलिउड फिल्म ‘तेन्जिङ’ को नेपाल सुटिङ

काठमाडौँ। एप्पल ओरिजिनल फिल्म्सले निर्माण गरिरहेको फिल्म ‘तेन्जिङ’ मा नेपाली अभिनेत्री थिन्ले ल्हामो देखिने भएकी छिन्। पहिलो सगरमाथा आरोही तेन्जिङ नोर्गेमाथि बनिरहेको फिल्ममा तिब्बती मूलका चिनियाँ अभिनेता गेन्देन फुन्त्सोक नोर्गेको मुख्य भूमिकामा छन्। नेपाली अभिनेत्री थिन्ले नोर्गेको श्रीमतीको रूपमा गेन्देनको अपोजिट भूमिकामा छिन्।
उनले शाम्बाला,नाका र हरि फिल्ममा अभिनय गरेकी थिइन्। फिल्मको टिम छायाङ्कनका लागि अहिले नेपालमा छ। एड्मन हिलारीसँगै सगरमाथा चढेका नोर्गेको जीवनीमाथि बनिरहेको फिल्मको नेपालको काठमाडौँ, ललितपुर, बन्दीपुर, मुस्ताङ खुम्जुङ लगायतको क्षेत्रमा छायाङ्कन गरिएको छ।
फिल्म निर्देशक जेनिफर पिडमको निर्देशनमा बनिरहेको छ। एप्पलले बिहीबार सार्वजनिक गरेको विवरण अनुसार फिल्ममा गोल्डेन ग्लोब विजेता टम हिडल्स्टनले न्युजिल्यान्डका पर्वतारोही एडमण्ड हिलारीको भूमिका निभाएका छन्।
त्यस्तै, बहु-एकेडेमी अवार्ड मनोनीत विलेम डेफो अभियान नेता कर्नल जोन हन्टको भूमिकामा देखिनेछन्। फिल्ममा गोल्डेन ग्लोब, बाफ्टा अवार्ड मनोनीत केट्रिओना बाल्फे पनि छिन्।
सन् १९५३ मा शेर्पा तेन्जिङ नोर्गे र न्युजिल्यान्डका पर्वतारोही एडमण्ड हिलारीले संसारको सबैभन्दा अग्लो हिमाल सगरमाथाको शिखरमा पहिलो पटक सफल आरोहण गरेका थिए। यो फिल्म त्यही ऐतिहासिक घटनामा आधारित छ।
तेन्जिङ बनेका अभिनेता फुन्त्सोकसँग नेपालमा छायांकनको संयोजन गरेको तीन कम्पनीमध्ये फिल्म डेस्टिनेसन नेपालका प्रमुख राजेन्द्र घिमिरे।
छ पटकको असफल प्रयासपछि तेन्जिङले अन्तिम पटक सबै जोखिम उठाएर यो अभियानमा भाग लिएका थिए। उनले कठिन राजनीति र जोखिमपूर्ण मौसमका बिचमा आफ्नो जीवनकै सबैभन्दा महत्त्वपूर्ण आरोहण गरेका थिए।
एकेडेमी अवार्ड विजेता सि-स फिल्म्सले यो फिल्म निर्माण गरिरहेको छ। निर्देशक जेनिफर पिडमले यसअघि प्रशंसित र बाफ्टा मनोनीत वृत्तचित्र “शेर्पा” बनाएकी छिन्।
एकेडेमी अवार्ड मनोनीत लुक डेभिसले फिल्मको पटकथा लेखेका छन्। तेन्जिङ नोर्गेका छोरा नोर्बु तेन्जिङ फिल्मको कार्यकारी निर्माता हुन्।
एप्पलको यो फिल्म निर्माणमा अस्ट्रेलियन कम्पनी सि-स समेत संलग्न छ। सि-सले भारत र नेपालको छायाङ्कनको जिम्मा भारतीय कम्पनी आइटपलाई जिम्मा दिएको थियो। आइटपसँग नेपाली तीन कम्पनी
होल्डीलेस आउटडोर, फिल्म डेस्टिनेसन नेपाल र फिल्म क्रुले संयोजन गरेको छ। भारतको तर्फबाट लाइन प्रोड्युसर राकेश र प्रवेश सहनी छन् भने नेपालको तर्फबाट बलिउड लाइन प्रोड्युसर राजेन्द्र घिमिरे र भुवन भारती प्रडक्सनमा छन् । त्यसै गरी निर्देशक समाजका अध्यक्ष जनक दीप पराजुली नेपालको तर्फ कन्सल्टेन्ट रुपमा रहेर नेपाल छायांकनको व्यवस्थापनमा सहयोग गरी रहेका छन् । हाल नेपाल छायांकनको पहिलो सेड्युल सकेर टिम फर्कने क्रम जारी छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ आश्विन १५, बिहीबार १०:१९चास्नीबाट एक सय छ घार मौरीमा सङ्क्रमण
कला, विचार/मनोरञ्जन२०८३ आश्विन १५, बिहीबार ०८:४२‘चंगुल’मा जेन्जी आन्दोलनको कथा, प्रिमियरमा घाइते जेन्जी सम्मानित
समाचार२०८३ आश्विन १४, बुधबार १९:१६प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो
समाचार२०८३ आश्विन १४, बुधबार १८:४७आजको आवाज भाग – ९६६ | Ajako awaj EP – 966









