नेविसंघ कोटेश्वर बहुमुखी क्याम्पसद्वारा चौथो ओपन कलेज नकआउट फुटसल टुर्नामेन्ट आयोजना

काठमाडौं, ३० जेठ । नेपाल विद्यार्थी संघ कोटेश्वर बहुमुखी क्याम्पस ईकाई समितिको आयोजनामा चौथो ओपन कलेज नकआउट फुटसल टुर्नामेन्ट हुने भएको छ । आज (शुक्रबार) पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी गराइएको हो ।
गत चैत १५ गते काठमाडौंमा भएको राजावादीहरुको हिंसात्मक आन्दोलनको क्रममा प्रहरीको गोली लागेर घाईते भएकी रेबिका खत्रीको न्यायको लागि फुटसल प्रतियोगिता आयोजना गरिएको स्वतन्त्र विद्यार्थी युनियन, कोटेश्वर क्याम्पसका सभापति सञ्जय बुढाथोकीले बताए ।
प्रतियोगिता आगामी असार २ र ३ गते भक्तपुरको लोकन्थलीस्थित मध्यपुर फुटसल ग्राउण्डमा आयोजना हुने छ । प्रतियोगितामा ३५ देखि ४० ओटा टिमको सहभागिता रहने सभापति बुढाथोकीले बताए ।
कोटेश्वर क्याम्पसका स्ववियु सचिव प्रदिप कार्कीले सञ्चालन गरेको कार्यक्रममा कोटेश्वर क्याम्पसका प्रमुख प्रकाश पोखरेल, सहायक प्रमुख मनोज अधिकारी, नेपाल प्राध्यापक संघका अध्यक्ष सुरेश पोखरेल, सोही क्याम्पसका अतिरिक्त क्रियाकलाप प्रमुख किशोर ढकाल, शिक्षिका उषा शाह लगायतले प्रतियोगिताको सफलताको शुभकामना दिए ।




लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ असार ७, आईतवार १४:३६चलचित्र ‘तीन तीघ्रे क्या बिग्रे’को औपचारिक घोषणा
स्वास्थ्य/जानकारी टिप्स२०८३ असार ७, आईतवार १३:०८महाधिवेशन स्थलमा ‘रास्वपा हेल्थ डेक्स’ सञ्चालन
समाचार२०८३ असार ६, शनिबार २१:३६ज्वालामूखीको नीति तथा कार्यक्रम र बजेट सर्वसम्मत पारित, ५७ करोड ९० लाख बजेट विनियोजन
कला, विचार/मनोरञ्जन२०८३ असार ६, शनिबार १९:४८ज्योति राजको ‘नाक्छोङ’लाई विशेष चलचित्र पुरस्कार, राष्ट्रपति पौडेलद्वारा सम्मान प्रदान









