पत्रकारिताका समस्या संयुक्त रूपमा समाधान गर्नेबारे चिनियाँ पत्रकारसँग काउन्सिलको छलफल

काठमाडौँ ।
प्रेस काउन्सिल नेपालले नेपाल भ्रमणमा रहेका चिनियाँ पत्रकारसहितको टोलीसँग पत्रकारितामा देखिएका समस्या समाधान गर्न संयुक्त प्रयास गर्न सकिनेबारे छलफल गरेको छ । चीनको सिचाङ प्रान्त (तिब्बत)बाट आएका तिब्बत सांस्कृतिक केन्द्र तथा पत्रकार महासङ्घका प्रतिनिधि र काउन्सिलका प्रतिनिधिबिच आइतबार काउन्सिलमा दुई देशको संस्कार, संस्कृति, परम्पराबारे एकअर्को देशमा प्रचार गर्नुका साथै डिजिटल सञ्चारसँगै पत्रकारितामा देखिएका समस्या समाधानमा संयुक्त पहल गर्न सकिनेबारे छलफल भएको हो । कार्यक्रममा काउन्सिलका सदस्य विजयराज अधिकारीले भ्रमण टोलीलाई स्वागत गर्दै आपसी सद्भाव र सम्बन्ध बलियो बनाएर अघि बढ्न सकिने बताउनुभयो । उहाँले प्रेस काउन्सिल नेपालको काम, कर्तव्य र मिडिया अनुगमनबारे जानकारी गराउनुभएको थियो । काउन्सिलका मुख्य अधिकृत झबिन्द्र भुसालले नेपाली मिडियाको अवस्था, कानुनी व्यवस्था, डिजिटल मिडियाका अवसर र चुनौतीबारे प्रस्तुति गर्नुभएको थियो ।

यस्तै चिनियाँ भ्रमण टोलीका प्रमुख लिओ जुनले हजारौँपटक सुन्नुभन्दा एकपटक देख्नु प्रभावकारी हुने भन्दै नेपाली पत्रकारलाई तिब्बत भ्रमणका लागि प्रबन्ध मिलाउन काउन्सिलसँग आग्रह गर्नुभयो । उहाँले नेपाल चीनबिच सञ्चार क्षेत्रबाट प्रयाप्त भ्रमण आदानप्रदान हुन आवश्यक रहेको औँल्याउनुभयो । चीनले पछिल्ला वर्षमा डिजिटल परिवर्तनमा ठुलो फड्को मारेको भन्दै उहाँले नेपालमा पनि सहकार्य गर्न सकिने बताउनुभयो । डिजिटल मिडिया व्यवस्थापनबारे आगामी अक्टोबरमा तिब्बतमा ठुलो सम्मेलन हुन लागेको भन्दै नेपालबाट समेत सहभागिताका लागि काउन्सिलले समन्वय गर्न भ्रमण टोलीले अनुरोध गरेको छ ।
कार्यक्रममा चिनियाँ सिचाङ अन्तर्राष्ट्रिय सञ्चार केन्द्रका सिरेन सोङ्जिया, नगरपालिका मिडिया सेन्टरका निर्देशक गेसाङ डेजी, काउन्सिल सदस्य याङ जेङलिङ लगायतले चिनियाँ पत्रकारिता अभ्यासबारे जानकारी गराउनुभएको थियो । शाखा अधिकृत सन्तोष अधिकारीले सहजीकरण गर्नुभएको कार्यक्रममा काउन्सिलका वरिष्ठ प्रशासकीय अधिकृत दीपक खनाल, सहप्रशासकीय अधिकृत रामशरण बोहरा, उपप्रशासकीय अधिकृत राधेश्याम अधिकारी, सबिता ढकाल, शाखा अधिकृत सुवास राई लगायतको सहभागिता रहेको थियो ।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
https://www.presscouncilnepal.gov.np/np/2025/06/22/9807/, www.presscouncilnepal.gov.np
लेखकको बारेमा

लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ श्रावण ११, शनिबार २३:३८पुम्दी–भुम्दी दौडमा वडा युवा परिषदको सहकार्य, स्वयंसेवक परिचालनमा अग्रसरता
समाचार२०८२ श्रावण ११, शनिबार २३:१४फुलबारी क्लबकाे अध्यक्षमा बास्तोला सर्वसम्मत
समाचार२०८२ श्रावण ११, शनिबार १८:०८सूर्यचन्द्र विकास समाजको अध्यक्षमा सावित्री काेइराला सर्वसम्मत
समाचार२०८२ श्रावण १०, शुक्रबार २१:१३इक्यान कास्कीद्धारा दुबई अध्ययनका लागि शैक्षिक परामर्श तालिम ‘नेपाली विद्यार्थीका लागि दुबई नयाँ शैक्षिक गन्तब्य’