”धुम्रपान तथा सुर्तिजन्य पदार्थबाट लाग्ने रोगहरू पाठेघर तथा स्तन क्यान्सरसम्बन्धी सचेतनामूलक” कार्यक्रम सम्पन्न

काठमाडौं, ८ असार । नेपाल प्रहरी श्रीमती संघ भृकुटीमण्डपको आयोजना तथा क्यान्सर काउन्सिल नेपालको सहकार्य र नेपाल प्रहरी संगित विद्यालयको समन्वयमा काभ्रेको साँगामा रहेको नेपाल प्रहरी स्कुलकमा एक दिवसीय ‘पाठेघर तथा स्तन क्यान्सरसम्बन्धी सचेतनामूलक’ कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष रुपा थापाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा क्यान्सर रोग अनुसन्धान तथा रोकथामविज्ञ डा. किशोर कुमार प्रधानाङ्गले क्यान्सर रोगसम्बन्धी आफ्नो धारणा राखेका थिए । डा. प्रधानाङ्ग सामूदायिक स्वास्थ्य अनुसन्धान केन्द्रका संयोजकसमेत हुन् ।
उनकाअनुसार नेपालमा प्रायःजसो क्यान्सरका विरामीहरु आवश्यक ज्ञानको अभावले गर्दा रोग लागिसकेर गम्भीर अवस्थामा पुगेपछि मात्रै अस्पताल पुग्ने गरेको स्मरण गराए । रोग लागिसकेपछि अस्पताल ढिलो पुग्नाले उपचार खर्च बढ्नु र उपचारको प्रभावकारिता पनि कम हुने उनको भनाई थियो ।

क्यान्सर काउन्सिल नेपालका अध्यक्ष रुद्रलाल कडरियाले संस्थाले स्थापनाकालदेखि आजसम्म गर्दै आएको कामको बारेमा प्रकाश पारेका थिए । साथै, उनले संस्थाले नेपाल प्रहरी श्रीमती संघ र सामूदायिक स्वास्थ्य अनुसन्धान केन्द्रसँग यस्तो महत्वपूर्ण विषयमा सहकार्य गरेर सुर्तीजन्य पदार्थको कारणबाट हुने रोगहरु र रोकथाम र महिलाको पाठेघर तथा स्तन क्यान्सरसम्बन्धी रोगबारे जनचेतना कार्यक्रम गर्न पाउँदा खुशी व्यक्त गरेका छन् । उनले विकसित मुलुकमा जनचेतनाका कारण मुटु तथा क्यान्सर रोगको उपचार खर्च कम हुने र उपयोगिता बढि भएको दृष्टान्तसमेत पेश गरे । उनले नेपालमा पनि समयमै रोग पहिचानको लागि स्वास्थ्य संस्थामा पुग्नुपर्नेमा जोड दिए ।
उक्त कार्यक्रमलाई सम्वोधन गर्दै नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष रुपा थापाले व्यस्त जिवन शैली, स्वास्थ्य सम्वन्धी जानकारीको अभावको कारण नेपालीहरुले जीवनमा थुप्रै स्वास्थ्य सम्बन्धी जटिलताहरुको सामना गर्नुपरेको स्मरण गराईन् ।
उनले भनिन्,‘महिलाहरुमा देखिने पाठेघर तथा स्तन क्यान्सर एक घातक रोग हो । तर समयमै पहिचान र उपचार गरेमा निको हुनसक्ने हुनाले समयमै परीक्षण, स्वास्थ्यप्रति सजगता र आत्मविश्वास नै यस रोगबाट बच्ने सबै भन्दा प्रभावकारी उपायहरु हुन ।’ थापाले कार्यक्रममा सहभागीहरुलाई जनचेतनाको विस्तारको लागि अनुरोधसमेत गरिन् ।

लेखकको बारेमा

- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ असार २३, सोमबार २२:२३ज्वालामुखी गाउँपालिका किसानहरूलाई अनुदानमा हाते ट्याक्टर
स्वास्थ्य/जानकारी टिप्स२०८२ असार २३, सोमबार १९:०८काठमाडौं मेडिकल कलेजमा पहिलो पटक सफल कलेजो प्रत्यारोपण, बिरामी घर फर्किए
खेलकुद२०८२ असार २३, सोमबार १९:००एनएसपीएल टी-१० क्रिकेट प्रतियोगिता हुँदै
कला, विचार/मनोरञ्जन२०८२ असार २३, सोमबार १८:०२विल्सन विक्रम राईको डेब्यु निर्देशनमा ‘मैझारो’, धीरज मगर मुख्य भूमिकामा