सर्वाधिक आम्दानी गर्ने २५ नेपाली चलचित्रलाइ सम्मान

सर्वाधिक आम्दानी गर्ने २५ नेपाली चलचित्रलाइ सम्मान

काठमाडौँ। चलचित्र विकास बोर्डले २५औँ वार्षिकोत्सवमा सर्वाधिक आम्दानी गर्ने २५ नेपाली चलचित्रलाइ सम्मान गरेको छ। मुकुन भुसाल र विजय बराल अभिनीत ‘पूर्णबहादुरको सारंगी’ सबैभन्दा धेरै कमाइ गर्ने फिल्म बन्यो, जसले ४६ करोड ८७ लाख आम्दानी गर्‍यो। सूचीमा कबड्डी ४ दोस्रो, १२ गाउँ तेस्रो, छक्का पन्जा ४ चौथो र जारी पाँचौ स्थानमा रहे।

निर्देशक सरोज पौडेल र निर्माता विनोद पौडेल, रमेश चौलागाईं सहितको टोलीले तयार गरेको सो फिल्मले ४६ करोड ८७ लाख ४१ हजार ४९७ रुपैयाँ आम्दानी गरेको सोमबार आयोजित कार्यक्रममा जानकारी दिइयो ।

त्यस्तै, दोस्रो स्थानमा बासुरी फिल्म्सको ‘कबड्डी ४’ रहेको छ । जसले २१ करोड ४० लाख ७५ हजार २१० रुपैयाँ कमायो। तेस्रोमा विराज भट्ट फिल्म्स प्रालिको ‘१२ गाउँ’ पर्दछ । उक्त फिल्मले १९ करोड ९२ लाख ७७ हजार ७६३ रुपैयाँ आम्दानी गरेको छ।

सूचीअनुसार चौथो स्थानमा ‘छक्का पन्जा ४’ छ जसले १७ करोड ५३ लाख २ हजार ६११ रुपैयाँ कमायो भने पाँचौं स्थानमा ‘जारी’ फिल्म छ जसले १७ करोड ४८ लाख १ हजार ४५९ रुपैयाँ व्यापार गरेको छ।

यसरी सार्वजनिक सूचीमा २५औं स्थानमा रहेको फिल्म ‘पशुपति प्रसाद २ भष्मे डन’ ले ७ करोड ३२ लाख २० हजार रुपैयाँ कमाएको छ।

२५ फिल्मको सूची

टुकी आर्ट्स प्रालिको– पशुपति प्रसाद २ : भष्मे डन (७ करोड ३२ लाख २० हजार व्यापार)
ब्ल्याक हर्स पिक्चर्स – कबड्डी (७ करोड ३४ लाख ९५ हजार २ सय ५० रुपैयाँ )
षटकोण आर्ट्स : महापुरुष (७ करोड ३५ लाख ७९ हजार ८ सय ८५ रुपैयाँ )
किङ्गडम नेटवर्क प्रालिः पुजार सार्की (७ करोड ३८ लाख २३ हजार १ सय ८७)
बासुरी फिल्म्स : कबड्डी कबड्डी कबड्डी (७ करोड ५९ लाख ५० हजार ६ सय ९२ रुपैयाँ)
आसुसेन फिल्म्स प्रालि : प्रेम गीत ३ ( ७ करोड ६३ लाख ४५ हजार ३ सय ९२)
आमा सरस्वती मुभिज : छक्का पन्जा ३ ( ७ करोड ८३ लाख ८ हजार रुपैयाँ )
नारायण इन्टरटेनमेन्ट : परदेशी २ ( ७ करोड ९२ लाख ३८ हजार २ सय ४० रुपैयाँ)
मुन लभ इन्टरनेटमेन्ट : अञ्जिला ( ८ करोड ८३ लाख ५९ हजार ८ सय ४५ रुपैयाँ )
सिनेमा आर्ट्स : दिमाग खराब (८ करोड ९८ लाख ६ हजार ९ सय ७ रुपैयाँ)
रोहित अधिकारि फिल्मस : छ माया छपक्कै (९ करोड ९२ लाख ८७ हजार १ सय ३९ रुपैयाँ)
केकी अधिकारी फिल्म्स : बोक्सीको घर (१० करोड १० लाख २० हजार ९ सय १७ रुपैयाँ )
सिनेमा आर्ट : कबड्डी कबड्डी ( १० करोड ३५ लाख ३२ हजार २० रुपैयाँ )
आर्टमांडू प्रालि ः ऊनको स्विटर (११ करोड ६ लाख ७६ हजार ६ सय २१ रुपैयाँ )
महसञ्चार : शत्रु गते (१२ करोड ६५ लाख ८२ हजार १ सय ३५ )
आमा सरस्वति मुभिज : छक्का पन्जा २ (१४ करोड ५१ लाख ५४ हजार २ सय ३० रुपैयाँ)
नेपा मुभिज प्रालि : कोहिनुर ( १४ करोड ७५ लाख ५० हजार २ सय ५४)
आमा सरस्वति मुभिज प्रालि : छक्का पन्जा ५ (१५ करोड २० लाख ३६ हजार ८ सय ८३ रुपैयाँ )
महाजात्रा : म्याक्स (१५ करोड ६७ लाख ९९ हजार ६ सय १४ रुपैयाँ )
आमा सरस्वति मुभिज : छक्का पन्जा (१६ करोड १० लाख २२ हजार ३ सय ५० रुपैयाँ )
जारी : ( १७ करोड ४८ लाख १ हजार ४ सय ५९ रुपैयाँ)
आमा सरस्वति मुभिज : छक्का पन्जा ४ (१७ करोड ५३ लाख २ हजार ६ सय ११ रुपैयाँ)
विराज भट्ट फिल्स्म प्रालि : १२ गाउँ ( १९ करोड ९२ लाख ७७ हजार ७ सय ६३ रुपैयाँ)
बासुरी फिल्म्स : कबड्डी ४ (२१ करोड ४० लाख ७५ हजार २ सय १० रुपैयाँ )
सेभेन सिज सिनेमाज : पूर्णबहादुरको सारंगी (४६ करोड ८७ लाख ४१ हजार ४ सय ९७ रुपैयाँ )

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 4   +   7   =  

Protected by Spam Master